काठमाडौँ / जेनजी आन्दोलनका क्रममा सिंहदरबार क्षेत्रमा आगजनी गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले चितवनको खैरहनी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गौतमले आन्दोलनका क्रममा सिंहदरबारमा आगो लगाउन अरूलाई उक्साएको तथा भिडलाई उत्तेजित बनाएको आरोप छ । घटनासम्बन्धी अनुसन्धानका लागि उनलाई आपराधिक उपद्रव मुद्दामा थुनामा राख्न अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नहरुको प्रहरीले धमाधम खोजी गरिरहेको छ भने कारागारबाट फरार कैदीको पनि खोजी कार्य भइरहेको जनाएको छ ।
















































