Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रचण्डले भने– ‘हामीभन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्’

प्रकाशित मिति : २०८२ माघ २३ गते
File photo.

काठमाडौँ / पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारुलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले तथाकथित नयाँ भन्नेहरूकै कारण देश सङ्कटमा परिरहेको टिप्पणी गरे ।

दाहालले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पारे ।

उनले भने ‘नयाँ र पुरानाका कुरा छन् । आजभोलि नयाँ नयाँ भन्नेतिर मान्छेहरूलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ । नेपालमा हामी भन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो । किनकि यो गणतन्त्रको वाहक हो । संघीयताको वाहक हो । महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारुलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी हो नेपाली कम्युनिष्ट पार्टी । आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् रु ती सबैभन्दा पुराना हुन् । ती दलाल पुँजीपति र बिचौलियाहरूको इसारामा चल्नेहरू कसरी नयाँ हुनसक्छन् रु तपाईँहरूले जनतालाई भनिदिनुस्, घरघरमा गएर, टोल टोलमा गएर नयाँ भनेको नेपाली कम्युनिष्ट पार्टी हो । जसले जनताको हक अधिकार र पहिचानको लडाईं लड्यो । जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गयो । त्यो चाहिँ पुरानो रे । दलाल र बिचौलियाहरूको गुणगान गाउने ती चाहिँ नयाँ रु तपाईँहरूले जनतालाई भनिदिनुप¥यो राम्रैसँग । नयाँ केलाई भन्ने जसको विचार, एजेण्डा नयाँ छ त्यही नयाँ हो । जसले राष्ट्र र जनताको हितको निम्ति आफूलाई समर्पित गर्दछ, त्यही नयाँ हो ।’

संयोजक दाहालले परिवर्तनको माध्यममा बसेर परिवर्तनकै वाहकहरूलाई गाली गर्नेहरू नयाँ हुन नसक्ने बताए । देश अहिले सङ्कटमा रहेको पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै तथाकथित नयाँ भन्नेहरूकै कारण देश सङ्कटमा रहेको टिप्पणी गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98