Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपा मधेशकी संस्थापक सभापति ममताद्वारा पार्टी परित्यागको घोषणा

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक कलह र असन्तुष्टि सतहमा आउने क्रम जारी छ । यसै सिलसिलामा पार्टीकी मधेश प्रदेश संस्थापक सभापति एवम् केन्द्रीय महिला तथा सामाजिक विकास विभाग सदस्य ममता शर्माले पार्टी परित्यागको घोषणा गरेकी छिन् । प्रेस विज्ञप्ति जारी गर्दै शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन् ।

उनले रास्वपाभित्र इमानदार र निष्ठावान् कार्यकर्ताको अवमूल्यन हुने गरेको र पछिल्लो समय पार्टीका मुख्य निर्णयहरू आर्थिक प्रलोभनबाट प्रभावित हुन थालेको गम्भीर आरोप लगाएकी छिन् । विज्ञप्तिमा उनले भनेकी छिन्, ‘पार्टीका महत्त्वपूर्ण निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको पाइएकाले मेरो आत्मसम्मान र राजनीतिक मूल्य(मान्यतामा गम्भीर चोट पुगेको छ। यस्ता गलत क्रियाकलापको साक्षी बनेर अब मौन बस्न मेरो विवेकले दिएन । त्यसैले आजकै मितिदेखि लागू हुने गरी म पार्टीका सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यताबाट समेत अलग भएको घोषणा गर्दछु ।’

- ADVERTISEMENT -

Advertisement

नेपालको राजनीतिमा वैकल्पिक शक्तिको नारा दिएर उदाएको रास्वपामा पछिल्लो समय विधि र पद्धतिभन्दा व्यक्तिवादी र आर्थिक स्वार्थ हाबी भएको भन्दै शर्माले असन्तुष्टि पोखेकी छिन् । उनले पार्टीभित्रको अपारदर्शी कार्यशैलीले गर्दा आफूलाई राजनीतिक रूपमा अगाडि बढ्न कठिन भएको उल्लेख गरेकी छिन् ।

रास्वपामा आर्थिक चलखेलको आरोप लागेर नेताहरूले पार्टी छोडेको यो पहिलो घटना भने होइन । यसअघि पनि आम निर्वाचनका बेला उम्मेदवार चयन र टिकट वितरणको क्रममा नेतृत्वले आर्थिक लेनदेन गरेको भन्दै केही पुराना नेताहरूले पार्टी परित्याग गरिसकेका छन् । शर्माको बहिर्गमनलाई मधेश प्रदेशमा रास्वपाका लागि ठुलो राजनीतिक धक्काको रूपमा हेरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05