Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जेनजी आन्दोलन – तत्काल प्रतिवेदन सार्वजनिक गर्न अल्टिमेटम

पुनः सडक तताउने कडा चेतावनी
प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते
file photo

काठमाडौं / ‘जेनजी जनआन्दोलन’का अगुवाहरूले आन्दोलनका क्रममा भएको दमन र क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । आउँदो फागुन २२ गतेभित्र प्रतिवेदन सार्वजनिक नभए पुनः सडक सङ्घर्षमा उत्रिने उनीहरूले कडा चेतावनी दिएका हुन् ।

‘जेनजी फ्रन्ट’को ब्यानरमा चारवटा सम्बद्ध सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद अब एक दिन पनि नथप्न सरकारसँग जोडदार माग गरेका छन् । पटक(पटक म्याद थपेर प्रतिवेदन सार्वजनिक गर्ने कार्यलाई आलटाल गर्न खोजिएको भन्दै उनीहरूले तोकिएकै समयसीमाभित्रै प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

- ADVERTISEMENT -

Advertisement

२०८२ साल भदौ २३ र २४ गते जेनजीले भ्रष्टाचारविरुद्ध छेडेको आन्दोलनले उग्र रूप लिँदा ७६ जना आन्दोलनकारीले ज्यान गुमाएका थिए । उक्त रक्तरंजित घटनापछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो । त्यसलगत्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम चुनावी सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउन तीन महिनाको समयसीमा तोकेर गौरीबहादुर कार्की आयोग गठन गरेको थियो । तर, आयोगको म्याद पटक(पटक थपिँदै हाल फागुन २२ सम्म पुर्‍याइएको छ ।

आन्दोलनकै जगमा घोषणा भएको नयाँ जनादेशका लागि यही फागुन २१ गते निर्वाचन हुँदैछ । निर्वाचनको भोलिपल्टै आयोगको म्याद सकिने भएकाले प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने उद्देश्यले आन्दोलनका प्रतिनिधिहरूले आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रत्यक्ष भेटेर ध्यानाकर्षणपत्र बुझाउँदै छन् । निर्वाचनलगत्तै प्रतिवेदन सार्वजनिक गराएर दोषीमाथि कानुनी डण्डा चलाउन सरकारलाई निरन्तर दबाब दिने उनीहरूको रणनीति छ ।

नेपालको इतिहासमा विगतमा बनेका धेरैजसो छानबिन आयोगका प्रतिवेदनहरू दराजमै थन्किने र कार्यान्वयनमा नआउने तीतो यथार्थप्रति जेनजी प्रतिनिधिहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । यसपटक पनि सहिदको बलिदानी र न्यायलाई ओझेलमा पार्ने षड्यन्त्र हुन सक्ने आशङ्का गर्दै उनीहरूले विज्ञप्तिमार्फत सञ्चारमाध्यमहरूलाई यस विषयलाई उच्च प्राथमिकतामा राखेर निरन्तर खबदारी गरिदिन विशेष आह्वानसमेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67