२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

धनुषामा एक जनाको विभत्स हत्या, प्रेमिकासहित तीन पक्राउ

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते
File photo.

काठमाडौं / धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

गत फागुन १४ गते बिहीबार अपराह्न करिब ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडक खण्डभन्दा ३०० मिटर पूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल ९रुदौली० निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको छ । उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक सुमित र हंसपुर नगरपालिका–६, सोनिगामा बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । फागुन १३ गते साँझ काजलले घरमा कोही नभएको मौका छोपी सुमितलाई भेट्न बोलाएकी थिइन् । सोही क्रममा काजलका परिवारका सदस्यहरूले उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि विवाद सुरु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुग्मबहादुर कुँवरका अनुसार, सुमितलाई नियन्त्रणमा लिएपछि काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र काकाका छोरा ९दाजु० २९ वर्षीय परमेश्वर मण्डलले भैँसी बाँध्ने डोरीले सुमितको दुवै हात पछाडि बाँधेका थिए । त्यसपछि उनलाई आफ्नै मोटरसाइकलमा राखेर घरदेखि करिब डेढ किलोमिटर टाढा मानव बस्ती नभएको मसुरी खेतमा लगिएको थियो । त्यहाँ खुकुरी ९दाउ० प्रहार गरी घाँटी रेटेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्यापछि अभियुक्तहरूले प्रमाण लुकाउन सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाएर राखेका थिए । प्रहरीले उक्त मोटरसाइकल, हत्यामा प्रयोग गरिएको धारिलो हतियार ९खुकुरी० र हात बाँध्न प्रयोग गरिएको डोरीसमेत बरामद गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी प्रेमिका काजल कुमारी मण्डल, उनका दाजु दीपेशकुमार मण्डल र दाजु परमेश्वर मण्डल रहेका छन् । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एसपी कुँवरले भने, ‘हामीले घटनाको जानकारी पाउनेबित्तिकै टोली परिचालन गरेर अनुसन्धान सुरु गरेका थियौँ । प्रेम सम्बन्धकै कारण रिसइबी साँधेर योजनाबद्ध रूपमा हत्या गरिएको देखिन्छ । अभियुक्तहरूले सुरुमा घटना लुकाउन खोजे पनि प्राविधिक र स्थलगत अनुसन्धानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएका छौँ ।’

धनुषामा पछिल्लो समय भएका ६ वटा हत्याका घटनामध्ये ४ वटाको सफल अनुसन्धान गरी संलग्नहरूलाई कानुनी दायरामा ल्याइसकिएको र बाँकी दुईवटा घटनाको पनि सूक्ष्म अनुसन्धान भइरहेको एसपी कुँवरले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83