Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इरानव्दारा खामेनी मारिएको पुष्टि, ४० दिन शोक घोषणा

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते

काठमाडौं । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परेका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको औपचारिक पुष्टि भएको छ । इरानी सरकारी टेलिभिजनलगायतका आधिकारिक सञ्चारमाध्यमले आइतबार बिहान उनको निधन भएको घोषणा गरेका हुन् ।

शनिबार बिहान अमेरिका र इजरायलले इरानमा संयुक्त रूपमा भीषण हमला गरेका थिए । राजधानी तेहरानस्थित खामेनीको निवास वरपर शक्तिशाली विस्फोटका आवाज सुनिनुका साथै धुवाँको मुस्लो देखिएको थियो । 

- ADVERTISEMENT -

Advertisement

आक्रमणबाट उनको निवासलगायतका संरचनामा क्षति पुगेका दृश्य तथा भिडिओहरू सार्वजनिक भए पनि इरानी अधिकारीहरूले भने सुरुमा सर्वोच्च नेता सुरक्षित नै रहेको दाबी गर्दै आएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आक्रमणलगत्तै खामेनी मारिएको दाबी गरेका थिए । अन्ततः आइतबार बिहान इरानको राष्ट्रिय सुरक्षा परिषद्को वक्तव्यलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि उनको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन् ।

सरकारी टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै आँसु झार्दै सर्वोच्च नेताको निधनको खबर सार्वजनिक गरेका थिए । ८६ वर्षीय खामेनीको मृत्युसँगै इरान सरकारले देशभर ४० दिने सार्वजनिक शोकको घोषणा गरेको छ ।

यद्यपि, मृत्युको औपचारिक पुष्टि गरिए पनि इरानी सुरक्षा परिषद्को वक्तव्यमा उनको ज्यान कसरी गयो भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन । त्यसैगरी, इरानको आगामी सर्वोच्च नेता (उत्तराधिकारी) को हुने भन्ने विषयमा पनि कुनै जानकारी दिइएको छैन ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनापछि इरानी नागरिकहरूका लागि ‘सत्ता आफ्नै नियन्त्रणमा लिने सुनौलो अवसर’ आएको टिप्पणी गरेका छन् । खामेनीको निधनले इरान र समग्र मध्यपूर्वको राजनीतिमा ठूलो उथलपुथल ल्याउन सक्ने विश्लेषण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05