Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सही र गलतको भाष्य निर्माण गरौँ’

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते
file photo.

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा पछिल्लो समय चर्चामा ल्याइएको ‘नयाँ र पुरानो’ शक्तिबीचको द्वन्द्वको भाष्य राष्ट्रहितमा नरहेको टिप्पणी गरेका छन् । चितवन–३ स्थित भरतपुर–१४ को प्रहरी विद्यालय मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन् ।

संयोजक प्रचण्डले कुनै पनि दललाई उमेर वा स्थापनाकालका आधारमा नभई उनीहरूको विचार, कार्यदिशा र प्रवृत्तिका आधारमा मूल्याङ्कन गरिनुपर्नेमा जोड दिए । ‘अहिले समाजमा नयाँ र पुराना भनेर जुन किसिमको भाष्य स्थापित गर्न खोजिएको छ, त्यो देशको हितमा छैन,’ उनले भने, ‘हामीले नयाँ र पुरानो भन्दा पनि कुन सही र कुन गलत हो भन्ने आधारमा बहसलाई अगाडि बढाउनुपर्छ ।’

- ADVERTISEMENT -

Advertisement

राजनीतिक दलहरूको औचित्य उनीहरूले अघि सार्ने योजना र जनमुखी कार्यक्रममा निर्भर हुने उल्लेख गर्दै प्रचण्डले कार्यक्रमकै आधारमा दलहरूको वर्गीकरण हुनुपर्ने बताए । उनले थपे, ‘यो सवाल नयाँ वा पुरानोको हुँदै होइन । दलहरूले देश र जनताका लागि कस्तो योजना ल्याएका छन् र उनीहरूको कार्यक्रम के हो भन्ने मुख्य कुरा हो । राष्ट्र, लोकतन्त्र र प्रगतिको पक्षमा को उभिएको छ, त्यसकै आधारमा सही र गलत छुट्याइनुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आम नागरिकलाई आफ्नो विवेक प्रयोग गरेर सही पक्षको छनोट गर्न आग्रह गरे । ‘नयाँ र पुरानो भन्दै भ्रम छर्नु लोकतन्त्रका लागि सुखद पक्ष होइन,’ उनले दोहोर्‍याए, ‘त्यसैले सबै मतदाताले आफ्नो विवेकको प्रयोग गरौँ र सहीको पक्षमा उभिऔँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05