Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौंका १० वटै क्षेत्रमा घण्टीको लहर, मुख्य प्रतिस्पर्धी कांग्रेस

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते

काठमाडौं / मुलुकको राजनीतिक मुटु मानिने राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता हासिल गरेको छ । बिहीबार रातिदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौंका सबै क्षेत्रमा ‘घण्टी’ को लहर देखिएको हो ।

काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन् । उनले नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीलाई ५ हजार ८४८ मतान्तरले पछाडि पारेकी छन् । थापाले ४ हजार ७३३ मत मात्र प्राप्त गरेका छन् । राप्रपाका रवीन्द्र मिश्र २ हजार ७४४ मतका साथ तेस्रो स्थानमा छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ ७ हजार ६१७ मतका साथ जितको नजिक पुगेका छन् । उनले कांग्रेस , एमाले र माओवादीका उम्मेदवारलाई निकै पछाडि पारेका छन् । क्षेत्र नम्बर १० मा पनि प्रदीप विष्ट ५ हजार ७६५ मतका साथ अगाडि छन् । उनलाई नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मतका साथ पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर २ मा भने रास्वपाका सुनिल केसी र एमालेका मणिराम फुयालबीच रोचक प्रतिस्पर्धा देखिएको छ । केसी ४२४ मतका साथ अगाडि रहँदा फुयालले २३६ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डेले ४ हजार ६४९ मतका साथ अग्रता लिँदा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ३ हजार ३४१ मतका साथ दोस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर ४ मा पुकार बम ३ हजार ९२२ मतसहित अग्रस्थानमा छन् । उनलाई कांग्रेसका सचिन तिमिल्सिना र एमालेका राजन भट्टराईले पछ्याइरहेका छन् । क्षेत्र नम्बर ५ मा सस्मित पोखरेलले ३ हजार ७०० मत प्राप्त गर्दा कांग्रेसका प्रदीप पौडेल १ हजार ७८ मतमा सीमित भएका छन् ।

त्यसैगरी , क्षेत्र नम्बर ६ मा शिशिर खनाल र क्षेत्र नम्बर ७ मा गणेश पराजुलीले ४ हजार ६०० भन्दा बढी मतका साथ फराकिलो अग्रता बनाएका छन् । क्षेत्र नम्बर ९ मा रास्वपाका डिपी अर्याल १ हजार ५५२ मतका साथ पहिलो स्थानमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98