चितवन कारागारमा रहेका १७ जना छुटे

0
158

चितवन । कारागार कार्यालय चितवनमा रहेका १७ जना कैदीहरुले आम माफी पाएका छन् । विभिन्न आरोपमा जेल जीवन बिताई रहेका मध्ये १७ जनाले आम माफी पाएको भरतपुर कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
प्रमुख काफ्लेका अनुसार आम माफी पाउनेमा सवारी ज्यान मुद्दाका १२ जना, कर्तव्य ज्यानका २ जना, ज्यान मास्ने उद्योगका १ जना आत्महत्या दुरुत्साहनका १ जना र चोरी मुद्दाका १ जनाले संविधान दिवसको असरमा राष्ट्रपतिद्वारा आम माफी पाएका हुन् ।
हरेक वर्ष विभिन्न अवसर पारेर कैद जीवन बिताउँदा आचरण राम्रो भएका र ५० प्रतिशत कैद सजाय भोगेकाहरुलाई माफी दिने परम्परा रहेको छ । आज शनिबार भएकोले कागजी प्रकृया पूरा गरी उनीहरुलाई भोलि छाडिने उहाँले बताउनुभयो ।