Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने, थ्रेसहोल्ड नजिक

प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते

काठमाडौं / हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना कायमै देखिएको छ । देशभर समानुपातिक तर्फको मतगणना जारी रहँदा उक्त पार्टीले आवश्यक थ्रेसहोल्ड पार गर्ने सम्भावना जीवित राखेको हो ।

राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकतर्फ खसेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ । यसपटकको निर्वाचनमा करिब १ करोड ९ लाखभन्दा बढी मत खसेको अनुमान गरिएको छ । सोही आधारमा राष्ट्रिय पार्टी बन्न झण्डै ३ लाख ३० हजार आसपास मत आवश्यक पर्ने देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

यो समाचार तयार पार्दासम्म श्रम संस्कृति पार्टीले ३ लाख १६ हजार ५ सय १७ मत प्राप्त गरिसकेको छ । यस आधारमा पार्टीलाई राष्ट्रिय पार्टी बन्न अब केही हजार मत मात्र आवश्यक देखिएको छ ।

यस्तै समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ लाख ५९ हजार ६ सय ३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले झण्डै १४ लाख मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ७५ हजारभन्दा बढी मत कटाएको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ६ लाखभन्दा बढी मत प्राप्त गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । मतगणना अझै जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05