Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नयाँ सरकार गठन गर्न रास्वपा तीव्र आन्तरिक छलफलमा

प्रकाशित मिति : २०८२ चैत्र ६ गते

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेपछि नयाँ सरकार गठनबारे आन्तरिक छलफल तीव्र बनाएको छ ।

चुनावअघि सार्वजनिक गरिएको वाचा पत्रअनुसार मन्त्रालय संख्या घटाउने तयारीमा पार्टी जुटेको छ । स्रोतका अनुसार मन्त्रालय संख्या १५ देखि १८ वटामा सीमित गर्नेबारे गृहकार्य भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

सरकार गठनसँगै मन्त्री चयनबारे पनि पार्टीभित्र छलफल चलिरहेको छ । उपसभापतिद्वय डिपी अर्याललाई गृहमन्त्री र स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने विषयमा छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिएका छन् ।

यसका साथै महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा तथा सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे र सस्मित पोखरेल लगायतलाई पनि मन्त्री बनाउने विषयमा छलफल भइरहेको जनाइएको छ ।

स्रोतका अनुसार शिशिर खनाललाई परराष्ट्र र सोबिता गौतमलाई कानुन मन्त्रालय दिनेबारे समेत छलफल अघि बढेको छ । साथै, सभामुख पद युवालाई दिने भनिए पनि कसलाई बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन ।

पार्टीले सरकार गठनसँगै प्रधानमन्त्रीको शपथ समारोहमा विदेशी राष्ट्राध्यक्षहरूलाई निम्तो दिने विषयमा पनि तयारी गरिरहेको जनाएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यसबारे प्रारम्भिक छलफल भइसकेको छ ।

चैत १२ गते सांसदहरूलाई शपथ खुवाउने तयारी गरिएको छ भने त्यसको भोलिपल्ट रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय गरिएको छ ।

यसैबीच, सरकार गठनलगायतका विषयमा बिहीबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह तथा उपसभापतिद्वय अर्याल र वाग्लेबीच छलफल भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98