चितवन / पूर्वी चितवनमा तेल बोकेको ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ निपनीचोकमा तेल बोकेको ट्यांकरले आज (आइतबार) ठक्कर दिदाँ उक्त महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीय मिना रेग्मीको मृत्यु भएको छ । स्कुटर चालक ५३ वर्षीय पूर्ण सापकोटा सकुसल रहेका छन् ।
- ADVERTISEMENT -

खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको ट्याङ्करले दिउँसो करिब ३ः२५ बजे भित्री सडकबाट निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि ट्याङ्कर चालक राप्ती नगरपालिका–७ बस्ने २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि हाल पूर्वी चितवनको निपनी तनावग्रस्त बनेको छ ।









































