Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपाका डीपी अर्याल सभामुखमा निर्विरोध

प्रकाशित मिति : २०८२ चैत्र २० गते

काठमाडौं / प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । यद्यपि, उनको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।

सभामुख पदका लागि आज (शुक्रबार) बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा अर्यालको एकल उम्मेदवारी परेको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुख पदमा एक मात्र उम्मेदवारी परेमा प्रतिनिधिसभाको बैठकमा प्रस्तावक सदस्यले धारणा राखेपछि अध्यक्षता गर्ने व्यक्तिले उक्त उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने प्रावधान छ । सोही अनुसार अर्यालको निर्विरोध निर्वाचनको घोषणा अब बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ । बैठक आगामी आइतबारका लागि तय गरिएको छ ।

प्रतिनिधिसभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिकको अवस्थामा रहेको छ । स्पष्ट बहुमत भएकै कारण प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नदिएको बताइएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन् ।

सभामुख चयनसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98