Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरवासी लक्षित सूचनाको हक प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया

हरेक नागरिकले सूचना पाउनुपर्छ – कानुनमन्त्री अधिकारी
प्रकाशित मिति : २०८२ चैत्र २५ गते

– बबिलाल तामाङ
भरतपुर । प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशको आयोजनामा सूचनाको हक प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सोमबार भरतपुरमा सम्पन्न गरिएको छ ।

भरतपुर महानगरपालिकाअन्तर्गत रहेका वडा तथा विभिन्न टोल विकास संस्थालाई लक्षित गरी सूचनाको हक प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया गरिएको प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

देशका सात प्रदेशमध्ये बागमती प्रदेशमा नै पहिलो पटक बनेको यस समितिले हरेक नागरिकले सूचना पाउनुपर्ने अधिकार सुनिश्चित गर्ने उनको भनाइ थियो । कुनै कार्यालय, वडा तथा कसैले पनि सूचना लुकाए वा नदिए समितिमा जानकारी गराउन उनले आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले जनताको सूचना पाउने अधिकारलाई कुण्ठित गर्न नहुने बताए । आम नागरिकलाई सूचनाको हक पाउने अधिकार सबैलाई उत्तिकै भएको उनले बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भुवन न्यौपाने र प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले सूचनासम्बन्धी हकको विषयक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, उपप्रमुख कल्पना काफ्ले, भरतपुर महानगरपालिका कार्यवाहक मेयर चित्रसेन अधिकारीलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, टोल विकासका अध्यक्ष, शिक्षक, मानवअधिकार सम्बद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत एक सय बढीको उपस्थिति रहेको थियो ।

प्रदेश सूचना पुनरावेदन समितिका सदस्य कृष्णबहादुर सारुमगरले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम अध्यक्ष हरिप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसअघि हेटौँडा, सिन्धुपाल्चोक, सौराहा लगायतका क्षेत्रमा सूचनाको हक प्रवर्द्धनसम्बन्धी अन्तक्रिया गरिएको थियो । सहभागीहरुले कार्यक्रम उपलब्धिमूलक रहेका बताएका छन् ।

https://www.facebook.com/share/v/18izDGqDPX/?mibextid=wwXIfr

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98