काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन गरिएको छ।
बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउन शनिबार बिहानदेखि अभियान सुरु गरिएको हो।
- ADVERTISEMENT -

प्रारम्भिक चरणमा दुई वटा डोजर प्रयोग गरिएको छ। बस्तीमा रहेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रहरीले सहजीकरण गरिरहेको छ।
क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरी परिचालन गरिएको छ।
काठमाडौं महानगर प्रहरी बलका अनुसार थापाथलीमा डोजर चलाएर काम सकिएपछि आजै गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ।







































