चितवन / साङ्ग छेवाङ् टासी बौद्ध गुम्बा राप्ती नगरपालिका वडा नं. ७, वीरेन्द्रनगरको अध्यक्षमा पुन: राजेश रुम्बा लामा सर्वसम्मत चयन भएको छ ।
गुम्बाको शुक्रबार सम्पन्न प्रथम ऐतिहासिक भेला तथा अधिवेशनबाट अध्यक्ष लामाको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
- ADVERTISEMENT -

जसको प्रथम उपाध्यक्षमा सब बहादुर थिङ, व्दितीय उपाध्यक्षमा सरस्वती गुरुङ, सचिवमा दिलबहादुर थिङ, कोषाध्यक्षमा बिष्णु गुरुङ, सहसचिवमा ज्ञानबहादुर रुम्बा निर्वाचित भएका छन् ।
यस्तैगरी सदस्यहरूमा मोनिका तामाङ, यम बहादुर तामाङ, सरस्वती तामाङलाई चयन गरिएको छ ।
- ADVERTISEMENT -

गुम्बा परिसरमा सम्पन्न भएको प्रथम ऐतिहासिक भेला तथा अधिवेशनको प्रमुख अतिथि भूमि सुधार आयोग चितवनका अध्यक्ष इमानसिंह मोक्तान रहेका थिए ।







































