२०८३ जेष्ठ ४, सोमबार
May 18, 2026
२०८३ जेष्ठ ४, सोमबार
May 18, 2026 Monday

तत्काल लालपूर्जा नदिए सरकारको दिनगन्ती सुरु हुन्छ – सुकुम्बासी

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते
file photo.

काठमाडौं / बुटवलका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आफूहरू बसोवास गरिरहेकै स्थानमा तत्काल लालपूर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।

रुपन्देहीको बुटवलमा आयोजित प्रदर्शनका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् । जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी दिएका हुन् ।सरकारको ध्यान महँगी नियन्त्रण र सीमा रक्षातर्फ नभई गरिबका घरटहरा भत्काउनेतर्फ केन्द्रित भएको आरोप लगाए ।

- ADVERTISEMENT -

Advertisement

दैनिक १५ सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको र बाकसमा लास फर्कने क्रम नरोकिएको उल्लेख गर्दै उनीहरूले सरकार जनसरोकारका मुद्दामा अनुदार बनेको बताए । आफ्ना मागहरू प्रश्तुत गर्दै आन्दोलनकारीले ७० हजार हेक्टरभन्दा बढी नेपाली भूमि हडपिँदा सरकार मौन बसेको तर आफ्नै नागरिकमाथि डोजर आतङ्क सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरूले राष्ट्रियस्तरको आन्दोलनको तयारी स्वरूप ७ बुँदे मागपत्र समेत अघि सारेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई उनीहरू हाल बसिरहेकै स्थानमा लालपूर्जाको व्यवस्था गरिनुपर्ने, बसोवासयोग्य जमिनका लागि १० प्रतिशत र कृषियोग्य जमिनका लागि ५ प्रतिशत मात्र करको दायरा कायम गरी जग्गा धनीपूर्जा वितरण गरिनुपर्ने, भूमिहीन दलितहरूका लागि निःशुल्क लालपूर्जाको ग्यारेन्टी गरिनुपर्ने, विकासका नाममा जनतालाई विस्थापित गर्दा उचित क्षतिपूर्ति र सोही स्थानीय तहभित्र सुविधासम्पन्न स्थानमा पुनःस्थापना गरिनुपर्ने माग राखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

लोकप्रियतवादका नाममा कानुनविपरित नागरिकलाई दुःख दिने काम भए इतिहासमा हिट्लर र सिक्किमका लेन्डुप दोर्जेको जस्तै पतन हुने उनीहरूको चेतावनी छ । तिनाउ–दानव कोरिडोर लगायतका आयोजनाका नाममा जनतालाई अन्यत्र सार्ने प्रयास भइरहेको भन्दै उनीहरूले रोजगारी र स्वास्थ्यको ग्यारेन्टी नभएको स्थानमा ‘होल्डिङ सेन्टर’ जस्तो गरी बस्न नसकिने स्पष्ट पारेका छन् । आफूहरूलाई अपराधी जस्तो व्यवहार नगर्न आग्रह गर्दै उनीहरूले माग सम्बोधन नभए देशभर सशक्त आन्दोलन छेड्ने घोषणा गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.25
153.85
European Euro
1
178.17
178.87
UK Pound Sterling
1
204.21
205.01
Swiss Franc
1
194.71
195.48
Australian Dollar
1
109.58
110.01
Canadian Dollar
1
111.46
111.89
Singapore Dollar
1
119.66
120.13
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
40.84
41.00
Qatari Riyal
1
42.06
42.23
Thai Baht
1
4.69
4.71
UAE Dirham
1
41.72
41.89
Malaysian Ringgit
1
38.79
38.94
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.84
23.93
Hong Kong Dollar
1
19.57
19.65
Kuwaity Dinar
1
500.24
502.20
Bahrain Dinar
1
406.34
407.93
Omani Rial
1
398.05
399.61