२०८३ जेष्ठ १४, बिहीबार
May 28, 2026
२०८३ जेष्ठ १४, बिहीबार
May 28, 2026 Thursday

यार्सागुम्बा सङ्कलन जेठको अन्तिम सातादेखि खुला

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते

किमाथाङ्का / किमाथाङ्काको मकालु वरुण राष्ट्रिय निकुञ्जले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन खुला गर्ने जनाएको छ ।

निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको बताए । उनका अनुसार यहाँ निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइने गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी, हटिया सेक्टर कार्यालय भोटखोला गाउँपालिका–३, सेदुवा सेक्टर कार्यालय मकालु–२, गोला पोष्ट भोटखोला–४, ताम्कू सेक्टर कार्यालय सिलिचोङ–३, बुङ सेक्टर कार्यालय महाकुलुङ–१ बुङ, सोलुखुम्बु र छेस्काम रेञ्पोष्ट महाकुलुङ–३ सोलुखुम्बुमार्फत पुर्जी दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ गतेदेखि असार २५ गतेसम्म यार्सा सङ्कलन गर्न पाउने छन् । यार्सागुम्बा सङ्कलन गर्न जाँदा सङ्कलन पुर्जी, प्राथमिक उपचार सामग्री तथा औषधि, खाना पकाउन ग्यास वा स्टोभ, बस्नका लागि त्रिपाललगायत सामग्री लैजान अनुमति दिइएको सूचना अधिकारी सुवेदीले बताए ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, यार्सागुम्बा सङ्कलनका क्रममा विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउड स्पिकर, ड्रमसेटजस्ता कुरा लैजान प्रतिबन्ध लगाइएको उनले जानकारी दिए । यहाँका मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका र सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ ।

यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ । सङ्कलित यार्सागुम्बा बेचेर स्थानीयले वर्षभरिका लागि आवश्यक घरखर्च, बालबच्चा पढाउन स्रोत जुटाउने गरेका छन् ।

यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई रु पाँच सय, मध्यवर्ती क्षेत्र बाहिरका सङ्खुवासभा र सोलुखुम्बुका लागि रु दुई हजार तथा जिल्ला बाहिरका लागि रु तीन हजार प्रवेश शुल्क तोकिएको मकालु वरुण राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जले विगतका वर्षमा यार्सागुम्बाबाट वार्षिक रु ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरिरहेको थियो । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई प्रतिकेजी रु ४० लाखसम्म बिक्री हुने गरे पनि यहाँको यार्सागुम्बा प्रतिकेजी रु पाँच लाख पचास हजारदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।

यसरी सङ्कलन गरिएको यार्सा चीनको तिब्बत तथा काठमाडौँतर्फ बढी निकासी हुने गरेको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्गकिलोमिटरमा फैलिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.84
178.54
UK Pound Sterling
1
205.32
206.12
Swiss Franc
1
194.32
195.08
Australian Dollar
1
108.97
109.40
Canadian Dollar
1
110.42
110.86
Singapore Dollar
1
119.60
120.07
Japanese Yen
10
9.59
9.62
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.10
Thai Baht
1
4.69
4.70
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
38.54
38.69
South Korean Won
100
10.20
10.24
Swedish Kroner
1
16.49
16.55
Danish Kroner
1
23.80
23.89
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
498.24
500.20
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
396.90
398.46