२०८३ असार ९, मंगलवार
June 23, 2026
२०८३ असार ९, मंगलवार
June 23, 2026 Tuesday
- ADVERTISEMENT -

दृष्टिविहीनहरु सरकारविरुद्ध आन्दोलित

प्रकाशित मिति : २०८३ असार ८ गते

काठमाडौँ / सडकपेटीमा आश्रित दृष्टिविहिनहरुमाथि समेत बलपूर्वक हटाउने र जब्बरजस्ती धरपकड गरेपछि सरकारविरुद्ध उनीहरूले पनि प्रदर्शन सुरु गरेका छन् ।

सोमवार काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले वर्तमान सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै बलपूर्ण धरपकड र जब्बरजस्ती विरुद्ध धर्ना दिन सुरु गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

वर्तमान सरकारले, सडकपेटी, मठमन्दिर, चोकलगायतका क्षेत्रमा बसेर गरिखान समेत नदिने, उल्टै नगर प्रहरीले आएर धरपकड गर्ने, जब्बरजस्ती गर्ने गरेपछि आफूहरूले त्यसको विरुद्धमा धर्नालगायतका आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनु परेको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहिन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताए ।

उनले सरकारले आफूहरूलाई विना विकल्प सडकमा समेत गरिखान नदिएको भन्दै आक्रोश व्यक्त गरे । दृष्टिविहिनहरुले सरकारसँग आफूहरूलाई बाँच्नका लागि मासिक २० हजारका दरले भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

दृष्टिविहीन ओलीले भने ‘आज बालेन सरकारले हामीलाई बाँच्न दिएन । किनभने गाँस, बास, कपासको ग्यारेन्टी गरिदिएन । हामीले धूपहरू बेच्थ्यौँ । कतिले वेट मेशिनहरू राख्थ्यौँ सडक, चोक, मठमन्दिरहरूमा । कतिले त कला, गला देखाएर गीतहरू गाएर सहयोग उठाएर खाने काम गरिराखेका थियौँ । तर बालेन सरकारले त्यो हामीलाई दिएन । नगर प्रहरीहरू आएर दमन गर्ने । होल्डिङ सेन्टरमा लगेर दिनभर थुन्ने, साँझ परेपछि छोडिदिने । महिलाहरूमाथि हातपात पनि गरिएका छन् नगर प्रहरीहरूले । त्यसैको विरोधमा यस्तो गर्नुपरेको हो । अब राज्यले हामीलाई कित गरिखान दिनुपर्यो । कि बेरोजगार भत्ता महिनाको २० हजार दिनुपर्यो । कि त योग्यता र क्षमताको हिसाबमा काम दिनु प¥यो । जस्तो हातले गर्न सक्ने काम छ भने कति साथीहरू पढेका हुनुहुन्छ, लेखेका हुनुहुन्छ । उहाँहरूको लाईसेन्स सिरानीमा छन् । उहाँहरूको त्यो अनुसार व्यवस्थापन गर्नुपर्यो । नपढेकाहरूलाई भत्ता र त्यस्तै काम दिन सक्नुपर्यो भनेर हाम्रो गाँस, बासको लागि यो आन्दोलन हो ।’

उनीहरूले दैनिक बिहान नौ बजेदेखि १२ बजेसम्म सरकारले आफूहरूलाई बाँच्नका लागि वैकल्पिक व्यवस्था नगरेसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । दृष्टिविहिनहरुलाई योग्यता र क्षमताको आधारमा भत्तासहित रोजगारीको व्यवस्था गर्नुपर्ने उक्त समूहको भनाई थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.62
151.22
European Euro
1
172.75
173.43
UK Pound Sterling
1
199.33
200.12
Swiss Franc
1
186.63
187.37
Australian Dollar
1
105.63
106.05
Canadian Dollar
1
106.41
106.84
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.34
9.37
Chinese Yuan
1
22.25
22.34
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.35
41.52
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.01
41.17
Malaysian Ringgit
1
36.41
36.55
South Korean Won
100
9.84
9.88
Swedish Kroner
1
15.72
15.78
Danish Kroner
1
23.12
23.21
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
490.14
492.09
Bahrain Dinar
1
399.52
401.11
Omani Rial
1
391.24
392.79