Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अर्जेन्टिना नकआउट चरणमा, मेस्सी बने सर्वाधिक गोल गर्ने खेलाडी

प्रकाशित मिति : २०८३ असार ९ गते

काठमाडौँ / अर्जेन्टिना अमेरिकाको डालास स्टेडियममा जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति सम्पन्न खेलमा कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

त्यसपछि खेलको दोस्रोे हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

मेस्सीले आजको खेलसँगै विश्वकपमा १८ गोल गरिसकेका छन् । यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा अर्जेनिन्टना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए ।

समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै पराजित अष्ट्रिया दुई खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

यसै समूहमा रहेका जोर्डन र अल्जेरिया अङ्कबिहीन छन् । उनीहरुले समान एक–एक खेल खेलेका छन् ।

फ्रान्सको फराकिलो जित

यसैबीच सोमबार राति नै भएको खेलमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत इराकविरुद्ध फराकिलो जित निकालेको छ ।

फिलाडेल्फिया स्टेडियममा जारी खेलको ६६औं मिनेटमा उस्मान डेम्बेलेले गोल गरेसँगै फ्रान्सले इराकविरुद्ध तीन गोलको अग्रतामा जित निकालेको हो ।

यसअघि कप्तान किलियन एम्बाप्पेले १४औं मिनेट र ५४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

लगातार दोस्रो चरणको जित निकालेको फ्रान्सले समूह चरणको एक खेल बाँकी रहँदै अन्तिम ३२ स्थान सुरक्षित गरेको छ ।

यो खेलमा पनि पराजित भएको इराक भने विश्वकपबाट बाहिरिने संघारमा पुगिसकेको छ । अब इराकले अन्तिम खेल सेनेगलविरुद्धको खेलमा जित्नैपर्ने दबाब रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22