Opens in a new tab
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भेनेजुएला भूकम्पमा ३२ जनाको मृत्यु, ७ सय बढी घाइते

प्रकाशित मिति : २०८३ असार ११ गते

काराकास / भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिनुभएको छ । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।

देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन् भने आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यवाहक राष्ट्रपति रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ । उहाँले उक्त क्षेत्रले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार धेरै भवनहरू ध्वस्त भएका छन् र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा आपत्कालीन टोलीहरू निरन्तर परिचालन गरिएका छन् ।

रोड्रिग्जले ला गुआइरालाई विपद् प्रभावित क्षेत्रका रूपमा वर्णन गर्दै जीवन रक्षा अहिले सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो । उहाँले उद्धारकर्मीहरू कठिन परिस्थितिमा मानिसहरूको ज्यान बचाउन निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको छ भने क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
174.32
175.00
UK Pound Sterling
1
203.16
203.96
Swiss Franc
1
184.32
185.04
Australian Dollar
1
107.50
107.92
Canadian Dollar
1
108.23
108.65
Singapore Dollar
1
119.87
120.34
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.83
40.99
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.89
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.27
11.32
Swedish Kroner
1
15.38
15.44
Danish Kroner
1
23.32
23.41
Hong Kong Dollar
1
19.54
19.62
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.61
408.20
Omani Rial
1
398.12
399.68