२०८३ श्रावण ५, मंगलवार
July 21, 2026
२०८३ श्रावण ५, मंगलवार
July 21, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सूचना चुहाएको आरोपमा हटाइए चार कर्मचारी

प्रकाशित मिति : २०८३ श्रावण ३ गते

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह बास बसेको लटौली सेन्चुरी रिसोर्टबाट जनरल म्यानेजरसहित चार जना कर्मचारी हटाइएका छन् ।

सञ्चालक र उच्च तहका कर्मचारीबीच विवाद भएपछि जनरल म्यानेजर रोशन पुरीसहित चार जना कर्मचारी हटाइएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

चितवनको कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा सूचना चुहिएको विषयलाई लिएर विवाद भएको थियो ।

रिसोर्ट सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका विशिष्ट पाहुना तथा आन्तरिक सूचना बाहिरिएको आरोप लगाएपछि व्यवस्थापन र उच्च तहका कर्मचारीबीच विवाद भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

रिसोर्टसँग आबद्ध एक पूर्वउच्च कर्मचारीका अनुसार खड्काले तल्लो तहका कर्मचारीलाई समेत निगरानीको भूमिकामा परिचालन गर्ने, व्यक्तिगत चिनजानको प्रभाव देखाएर काम गराउने र त्यसका कारण कार्य वातावरण असहज बन्दै गएको थियो ।

यसैबीच, नेटवर्किङ व्यवसायसँग सम्बन्धित ठगी, विवादास्पद व्यापारी गणेश लामासँगको विवाद तथा बिटक्वाइन र क्रिप्टोकरेन्सी सम्बन्धी विषयमा सञ्चालक खड्काको नाम जोडिएको समाचार सार्वजनिक भएको थियो । उक्त समाचार सार्वजनिक भएपछि संचालक खड्का थप असन्तुष्ट बनेको स्रोतको दाबी छ ।

गत असार ७ गतेदेखि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन शाह परिवारसहित यही रिसोर्टमा तीन दिन बसेका थिए । त्यस क्रममा १६ वटा कोठा बुक गरिएको थियो ।

बालेन रिसोर्टमा बसेको अवधिमा अधिकांश कर्मचारीलाई बिदा दिइएको थियो भने केही समयका लागि सीसीटीभी क्यामेरा समेत बन्द गरिएको थियो । उक्त विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि रिसोर्ट संचालक र कर्मचारीबीच फाटो आएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.02
154.62
European Euro
1
176.03
176.72
UK Pound Sterling
1
207.32
208.13
Swiss Franc
1
190.58
191.33
Australian Dollar
1
107.78
108.20
Canadian Dollar
1
109.77
110.20
Singapore Dollar
1
119.30
119.76
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.76
22.85
Saudi Arabian Riyal
1
41.01
41.17
Qatari Riyal
1
42.25
42.42
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.10
Malaysian Ringgit
1
37.63
37.78
South Korean Won
100
10.39
10.43
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.64
19.72
Kuwaity Dinar
1
500.72
502.67
Bahrain Dinar
1
408.38
409.97
Omani Rial
1
400.03
401.59