२०८३ श्रावण ५, मंगलवार
July 21, 2026
२०८३ श्रावण ५, मंगलवार
July 21, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नौ प्रमुख राजमार्ग पहिरोले अवरुद्ध

प्रकाशित मिति : २०८३ श्रावण ४ गते
file photo.

काठमाडौं / लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरुद्ध छ ।

- ADVERTISEMENT -

Advertisement

कोशी प्रदेशको भोजपुर नगरपालिका–५ जोखिमस्थित मध्य पहाडी लोक मार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा मध्य पहाडी लोक मार्गको दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ–हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडक खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोक मार्ग एकतर्फी सञ्चालन रहेतापनि जवाङखोलास्थित सडक भने पूर्ण रूपमा बन्द रहेको छ ।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाउँदै प्रहरीले यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.02
154.62
European Euro
1
176.03
176.72
UK Pound Sterling
1
207.32
208.13
Swiss Franc
1
190.58
191.33
Australian Dollar
1
107.78
108.20
Canadian Dollar
1
109.77
110.20
Singapore Dollar
1
119.30
119.76
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.76
22.85
Saudi Arabian Riyal
1
41.01
41.17
Qatari Riyal
1
42.25
42.42
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.10
Malaysian Ringgit
1
37.63
37.78
South Korean Won
100
10.39
10.43
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.64
19.72
Kuwaity Dinar
1
500.72
502.67
Bahrain Dinar
1
408.38
409.97
Omani Rial
1
400.03
401.59