२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाढीपहिरो र कटानका कारण प्रमुख राजमार्गहरु अवरुद्ध

प्रकाशित मिति : २०८३ श्रावण १० गते
file photo.

काठमाडौँ / बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज (आइतबार) बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध जारी छ ।

सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका ५ः०० देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लामासाँघु–रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ ।

- ADVERTISEMENT -

Advertisement

खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ ।

त्यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेका प्रहरीले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09