२०८३ श्रावण १७, आईतवार
August 2, 2026
२०८३ श्रावण १७, आईतवार
August 2, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्रीको मधेस केन्द्रित दलहरूसँगको छलफल सकारात्मक

प्रकाशित मिति : २०८३ श्रावण १५ गते
file photo.

काठमाडौं / मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफल निकै सकारात्मक भएको बताएका छन् । आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहीहरूले यस प्रकारको पहलले समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनीहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताए ।

- ADVERTISEMENT -

Advertisement

छलफलपछि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भने, “प्रधानमन्त्रीज्युले पहिलो पटक मधेस केन्द्रित राजनीतिक दलसँग छलफल गर्नुभएको हो, छलफल धेरै नै सकारात्मक कदम भएको हाम्रो निष्कर्ष छ, हामीले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छौँ ।”

अध्यक्ष राउतले आफूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । उनले भने, “अहिले देखिएको समस्या नयाँ होइन, समस्या समाधानका लागि र्‍यापिड एक्सन टिम’ गठन गर्नका लागि सुझाव दिएका छौँ, त्यसबाहेक नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धि तथा समुदाय स्तरमा नियमनका लागि पनि आग्रह गरेका छौँ ।”

- ADVERTISEMENT -

Advertisement

मुस्लिम आयोगका संस्थापक अध्यक्ष समीर मियाँ अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको उल्लेख गरे । उनले भने, “यस विषयमा प्रधानमन्त्रीज्युसँग घनिभूत छलफल भयो, घटनाका दोषीलाई कारबाही गर्न र अवस्था सामान्य पार्नका लागि हामीले केही सुझाव दिएका छौँ ।”

त्यस्तै, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताए । उनले मधेसमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे। सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताए ।

छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.32
152.92
European Euro
1
175.26
175.95
UK Pound Sterling
1
204.89
205.69
Swiss Franc
1
188.46
189.20
Australian Dollar
1
107.16
107.58
Canadian Dollar
1
108.68
109.11
Singapore Dollar
1
118.69
119.16
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.47
41.64
Malaysian Ringgit
1
37.27
37.42
South Korean Won
100
10.60
10.64
Swedish Kroner
1
15.97
16.03
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.03
496.98
Bahrain Dinar
1
403.98
405.57
Omani Rial
1
395.62
397.18