Opens in a new tab
२०८३ आश्विन १४, बुधबार
September 30, 2026
२०८३ आश्विन १४, बुधबार
September 30, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकार श्रेष्ठको रिहाइ माग, प्रहरी परिसरअगाडि पत्रकारको धर्ना

प्रकाशित मिति : २०८३ श्रावण २८ गते

काठमाडौं / नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठको पक्राउको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि धर्ना दिएको छ ।

महासंघको नेतृत्वमा पत्रकारहरूले बिहीबार काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै श्रेष्ठको तत्काल रिहाइको माग गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको छ ।

श्रेष्ठको पक्राउको विरोधमा धर्नामा सहभागी पत्रकारहरूले परिसरअगाडि नाराबाजीसमेत गरेका थिए । उनीहरूले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघले जनाएको छ ।

समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ । पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासंघको भनाइ छ ।

महासंघले पत्रकारहरूले निर्भीक रूपमा समाचार लेख्न तथा प्रकाशित गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि पत्रकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुनेसमेत स्पष्ट पारेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
173.76
174.44
UK Pound Sterling
1
202.71
203.50
Swiss Franc
1
183.65
184.36
Australian Dollar
1
107.04
107.45
Canadian Dollar
1
107.94
108.37
Singapore Dollar
1
119.82
120.29
Japanese Yen
10
9.72
9.76
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.82
40.98
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.90
Malaysian Ringgit
1
37.56
37.71
South Korean Won
100
11.29
11.34
Swedish Kroner
1
15.32
15.38
Danish Kroner
1
23.24
23.34
Hong Kong Dollar
1
19.54
19.61
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.58
408.17
Omani Rial
1
398.12
399.68