२०८३ भाद्र ३, बुधबार
August 19, 2026
२०८३ भाद्र ३, बुधबार
August 19, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज

प्रकाशित मिति : २०८३ भाद्र २ गते

चितवन / लामो समयदेखि भरतपुर महानगरपालिकाभित्र स्थानीय पाठ्यक्रम विषयको पठनपाठनमा देखिँदै आएको अन्योल अन्त्य भएको छ । भरतपुर महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन–अध्यापन हुने स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तकले महानगरपालिकाबाट स्वीकृति पाएपछि शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापनलाई पठनपाठन सञ्चालन गर्न सहज भएको हो ।

भरतपुरस्थित ब्रदर्स पब्लिकेसनद्वारा प्रकाशित कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यक्रमसम्बन्धी पाठ्यपुस्तकलाई भरतपुर महानगरपालिकाले स्वीकृति प्रदान गरेको छ । स्वीकृत पाठ्यपुस्तक प्रयोगमा आएपछि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय विषयको पठनपाठनमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ । यसअघि विद्यालय तथा शिक्षकहरूले पाठ्यक्रमका विषयवस्तुका आधारमा विभिन्न सन्दर्भसामग्री खोजी गरी पठनपाठन गराउँदै आएका थिए ।

- ADVERTISEMENT -

Advertisement

स्थानीय अङ्कुरम् एकेडेमीमा स्थानीय पाठ्यक्रम अध्यापन गराउँदै आएकी शिक्षिका पवित्रा खनालले पाठ्यपुस्तक प्रकाशन भएर आधिकारिकरूपमा स्वीकृति प्राप्त भएपछि शिक्षण कार्य थप व्यवस्थित र सहज भएको बताइन् ।

उनका अनुसार यसअघि एउटै विषयका लागि पर्याप्त तथा एकीकृत पाठ्यसामग्रीको अभाव हुँदा शिक्षकहरूले आवश्यक सन्दर्भसामग्री खोज्न अतिरिक्त समय खर्च गर्नुपथ्र्यो । विद्यालयअनुसार फरक सामग्री प्रयोग हुने भएकाले विषयवस्तुको प्रस्तुतीकरणमा समेत एकरूपता कायम गर्न चुनौती थियो । अब स्वीकृत पाठ्यपुस्तक उपलब्ध भएपछि ती समस्या हट्ने उनको विश्वास छ ।

रङ्गीन कलेवर र आकर्षक डिजाइनमा प्रकाशित पाठ्यपुस्तकहरूमा स्थानीय परिवेशलाई प्राथमिकताका साथ समेटिएको छ । पुस्तकको मूल्य कक्षा १ र २ का लागि रु. १९५, कक्षा ३ का लागि रु. २०५, कक्षा ४ का लागि रु. २४०, कक्षा ५ र ६ का लागि रु. २४६, कक्षा ७ का लागि रु. २५८ तथा कक्षा ८ का लागि रु. २५५ कायम गरिएको छ ।

पाठ्यपुस्तकमा भरतपुर महानगरपालिका तथा चितवन जिल्लाका पर्यटकीय र धार्मिक स्थल, चितवनको इतिहास, स्थानीय रीतिरिवाज, धर्म–संस्कृति, जनसंख्या, शैक्षिक तथा आर्थिक अवस्था र प्राकृतिक स्रोतसम्बन्धी विषयवस्तु समेटिएका छन् । तस्बिर, चित्र, शीर्षक तथा उपशीर्षकहरूलाई समेत रङ्गीन रूपमा प्रस्तुत गरिएको छ ।

चितवनसँगै तनहुँका केही भूभागको परिचयसमेत समेटिएको उक्त पाठ्यक्रम होमनाथ न्यौपाने, बेलराम गौतम तथा अर्जुन के. बरुवालले लेखेका हुन् भने पाठ्यपुस्तकको आवरण डिजाइन भिभिद क्रिएसन, काठमाडौँले गरेको हो । स्थानीय इतिहास, भूगोल, संस्कृति र पहिचानसँग विद्यार्थीलाई प्रत्यक्षरूपमा जोड्ने उद्देश्यले तयार गरिएको यो पाठ्यपुस्तकले स्थानीय शिक्षाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.80
153.40
European Euro
1
176.93
177.62
UK Pound Sterling
1
206.75
207.56
Swiss Franc
1
188.26
189.00
Australian Dollar
1
108.63
109.06
Canadian Dollar
1
110.17
110.61
Singapore Dollar
1
119.59
120.06
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.08
Thai Baht
1
4.62
4.63
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.84
10.88
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.67
23.76
Hong Kong Dollar
1
19.48
19.56
Kuwaity Dinar
1
497.48
499.43
Bahrain Dinar
1
405.31
406.90
Omani Rial
1
396.88
398.44