२०८३ श्रावण २३, शनिबार
August 8, 2026
२०८३ श्रावण २३, शनिबार
August 8, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोडफेस्ट नेपाल–२०२६ को हयाकथन साउनको अन्तिम साता हुने

प्रकाशित मिति : २०८३ श्रावण २२ गते

भरतपुर / नेपालको अग्रणी विद्यार्थीकेन्द्रित राष्ट्रिय ह्याकथन कोडफेस्ट नेपाल–२०२६ अन्तर्गत चितवन प्रादेशिक चरणको प्रतियोगिता भरतपुर–२, क्षेत्रपुरस्थित फोब्स कलेजमा आयोजना हुने भएको छ । यही साउन २९ गतेदेखि ३१ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि साउन २५ गतेसम्म आवेदन खुला रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रमको बारेमा जानकारी दिँदै कोडफेस्ट नेपाल चितवन टिमका परियोजना उपप्रमुख आशुतोष देवकोटाले आइटीका विद्यार्थीलाई प्रतियोगितामा मात्रै सीमित नराखी उनीहरुलाई उद्योग, अनुसन्धान, स्टार्टअप तथा नवप्रवर्द्धन इकोसिस्टमसँग जोड्ने उद्देश्यले विगत चार वर्षअघिदेखि सो कार्यक्रम गर्दै आएको बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा फोब्स कलेजका प्राचार्य हरिशरण पाठक, सहप्राचार्य योगेन्द्र मल्ल र विभागीय प्रमुख ई. राजकुमार सापकोटाको उपस्थिति रहेको थियो । सहप्राचार्य योगेन्द्र मल्लले आइटी पढ्ने विद्यार्थीहरुलाई इन्डस्ट्रीसँग जोड्ने काम गर्ने र फोब्स कलेजले म्यानेजमेन्ट प्लस स्पटको सुविधा प्रदान गर्ने बताए ।

कोडफेस्ट नेपाल चितवन टिमका पब्लिक रिलेसन चिफ सिद्धान्त सोडारीले प्रादेशिक चरणमा हुन लागेको सो ह्याकथनमा २० वटा टिमले इनोभेसन, एप्लिकेसन, वेभसाइट, मोबाइल, डेटा, दिगो विकास लक्ष्यमा आधारित शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, पर्यटन, डिजिटल गभर्नेनस, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र एआईमा आधारित सूचना प्रविधिलगायतका कार्यक्रमहरु निर्माण गर्ने जानकारी दिए ।

प्रतियोगितामा छनोट भएका उत्कृष्ट टोलीले काठमाडौँमा हुने नेसनल फिनालेमा सहभागिताका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्लस टु र व्याचलर लेभलका विद्यार्थीले दुईदेखि चार जनाको समूह बनाएर सहभागिता जनाउन सक्नेछन् । प्रतियागिताका लागि आवेदन परेकामध्येबाट २० टिम छनोट हुनेछन् । उनीहरुलाई तीन दिनको ह्याकथनमा प्रवेश गराइने छ । उनीहरुले टेक्नोलाजी एक्पर्ट, बिजनेस एक्सपर्ट र मार्केटिङ एण्ड इनोभेसन एक्सपर्टहरुको मार्गदर्शनमा आफ्नो परियोजना विकास गर्नेछन् ।

चितवन प्रादेशिक ह्याकथनका च्याम्पियन, रनर अफ र सेकेन्ड रनर अफलाई ट्रफी, मेडल, गिफ्ट ह्याम्पर, डिजिटल एसोसेरिजलगायतका उपहार प्रदान गरिने छ । फोब्स कलेजले कार्यक्रमको सहजीकरण एवम् भेन्यु उपलब्ध गराउने छ भने लर्ड्स सिबिसी प्लाजाले हस्पिटालिटीको प्रबन्ध गर्नेछ । च्याम्पियन टिमले नेसनल फिनालेमा सहभागिता जनाइ तीन लाख रुपैयाँको ‘नेसनल प्राइज पुल’लगायत थुप्रै अवसर र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45