काठमाडौं / रसुवास्थित भोटेकोशीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ।
प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रसहितका वितरण संरचनासमेत प्रभावित भएका छन्।
- ADVERTISEMENT -

संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। आपूर्ति नियमित गर्न प्राविधिक टोली परिचालन गरिएको छ।
बाढीबाट घर, सडक र पुललगायतका अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्राधिकरणले जनाएको छ।

















































