राइल मिल समितिमा पुनः डल्लाकोटी

0
213

नारायणगढ । चितवन नवलपुर राईस मिल समितिको १७औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन स्रम्पन्न गरेको छ । अधिवेशनले रामचन्द्र डल्लाकोटीलाई पुनः अध्यक्षमा चयन गरेका छन् । उद्योग वाणिज्य संघ चितवनमा शनिबार सम्पन्न समितिको अधिवेशनले पुनः डल्लाकोटीलाई सर्वसम्मतसहित नयाँ कार्यसमिति निर्विरोध भएको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा भीमप्रसाद भण्डारी, उपाध्यक्षमा तेजकुमार श्रेष्ठ, सचिवमा पुनः राजन घिमिरे तथा कोषाध्यक्षमा माधव पोखरेल चयन भएका हुन् । यस्तैगरी सदस्यहरुमा राजकुमार श्रेष्ठ, परशुराम पाठक, निर्मला कडेंल, उषा सापकोटा र चन्द्रिका महतो चयन भएका छन् ।
त्यसैगरी लेखासमिति संयोजकमा राजेन्द्रप्रसाद गौडेल चयन भएका छन् भने सदस्यहरुमा उमेशनाथ रेग्मी र प्रशान्त चापागाइँ चयन भएका ह्न् ।
समितिका सचिव राजन घिमिरेले प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७६\०७७ को प्रस्तावित नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष चिरञ्जिवी सुवेदी, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटालगायतले मन्तव्य दिएका थिए ।