२०८३ भाद्र १७, बुधबार
September 2, 2026
२०८३ भाद्र १७, बुधबार
September 2, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फोहर बेचेरै वार्षिक २७ लाख आम्दानी

प्रकाशित मिति : २०८३ भाद्र १७ गते
AI

दमौली / तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले उक्त आम्दानी गरेको हो । आवश्यक प्रक्रिया पूरा गरी बोलपत्रमार्फत चालु आर्थिक वर्षमा साबिकको मूल्यमा दश प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेपछि सहज भएको लम्सालले बताए । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गरिएको छ । एकै ठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ ।

फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सहयोग भएको छ । फोहोरमैला व्यवस्थापनका लागि जग्गा खरिदका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिए पनि हालसम्म निर्णय हुन नसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउँदै आएको छ ।

नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ । नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गरिरहेको छ । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

शव पहिचानका लागि आउनेलाई निःशुल्क खानेबस्ने सुविधा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका मृतकका शव पहिचान गर्न आउने आफन्तजनलाई होटल व्यवसायी सङ्घ तनहुँले निःशुल्क खानेबस्ने व्यवस्था गर्ने भएको छ ।

सङ्घका अध्यक्ष गिरीबहादुर थापाले विपद्को पीडामा परेका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताए । उनले शव पहिचानका लागि आउने आफन्तजनलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको र सङ्घका सबै सदस्यलाई सोही अनुरुप अनुरोध गरिएको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.63
152.23
European Euro
1
175.78
176.48
UK Pound Sterling
1
205.30
206.11
Swiss Franc
1
187.23
187.97
Australian Dollar
1
108.32
108.75
Canadian Dollar
1
109.32
109.75
Singapore Dollar
1
119.09
119.56
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.56
22.64
Saudi Arabian Riyal
1
40.39
40.55
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.29
41.45
Malaysian Ringgit
1
37.54
37.69
South Korean Won
100
11.04
11.08
Swedish Kroner
1
15.81
15.87
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.34
19.41
Kuwaity Dinar
1
493.67
495.62
Bahrain Dinar
1
402.17
403.77
Omani Rial
1
393.84
395.40