२०८३ भाद्र १८, बिहीबार
September 3, 2026
२०८३ भाद्र १८, बिहीबार
September 3, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीन जिल्लामा वर्षाको सम्भावना

प्रकाशित मिति : २०८३ भाद्र १८ गते
AI

काठमाडौँ / भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज (बिहीबार) मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिए ।

“आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ । यद्यपि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने स्म्भावना छ”, उनले भने । उनकाअनुसार मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना छैन ।

- ADVERTISEMENT -

Advertisement

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान माहाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।

हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । विभागले वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.66
152.26
European Euro
1
175.49
176.18
UK Pound Sterling
1
204.51
205.31
Swiss Franc
1
186.05
186.79
Australian Dollar
1
108.04
108.46
Canadian Dollar
1
108.83
109.26
Singapore Dollar
1
119.03
119.50
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.39
40.55
Qatari Riyal
1
41.60
41.77
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.29
41.46
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
11.10
11.14
Swedish Kroner
1
15.69
15.75
Danish Kroner
1
23.48
23.57
Hong Kong Dollar
1
19.34
19.41
Kuwaity Dinar
1
493.77
495.72
Bahrain Dinar
1
402.27
403.86
Omani Rial
1
393.92
395.48