April 20, 2024

राक्सिराङ्गमा भिषण बाढिपहिरो, १७ पशुचौपाया मरे, घरहरु जोखिममा

September 22, 2020

मकवानपुर / राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ६ मा मंगलबार दिनभर परेको अविरल वर्षाका कारण बाढीपहिरो गएको छ । बाढी पहिरोका कारण उक्त वडाको विभिन्न क्षेत्र प्रभावित भएको सोही वडाअध्यक्ष सिंहलाल प्रजाले जानकारी दिनुभयो ।
वडाध्यक्ष प्रजाका अनुसार सिलिंगेका सुकबहादुर चेपाङ्गको १७ वटा बाख्रा पहिरोमा परी मरेका छन् । दिउँसो जंगलमा चरनमा लगेका बाख्राहरु वर्षासँगै आएको पहिरोले पुरिएको वडा अध्यक्ष प्रजाले बताउनुभयो । दिउँसो ४ बजे पहिरो जाँदा बाख्रा मरेको उहाँको भनाइ छ ।
त्यस्तै निरन्तरको वर्षाले द्योङगना टोल, चापल टोल, रेउती दोभान तथा कराँसे टोल क्षेत्रको विभिन्न घरहरु जोखिममा परेको वडाअध्यक्ष प्रजाले बताउनुभयो । उक्त क्षेत्रका विभिन्न घर तथा बस्ती नै विस्थापित हुने अवस्थामा रहेकाले तत्काल उचित व्यवस्थापन हुनुपर्ने उहाँले बताउनुभयो । यसबारेमा थप विवरण लिने काम भइरहेको राक्सिराङ्ग गाउँपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -