२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन सांसदहरुको माग

प्रकाशित मिति : २०८३ भाद्र २४ गते
file photo.

काठमाडौं / राष्ट्रियसभाका सांसदहरूले भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन माग गरेका छन् ।

राष्ट्रियसभाको आज (बुधबार) को बैठकको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनः स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन तथा प्रभावितलाई रोजगारी र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सांसद मोहम्मद खालिदले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनः स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रभावित नागरिकका लागि रोजगारीको व्यवस्था तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ छ ।

खालिदले मुलुकमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको उल्लेख गर्दै दैनिक करिब एक लाख सिलिन्डरको माग रहेकामा ३० हजार सिलिन्डर मात्र आपूर्ति भइरहेको बताए । दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढिरहेको भन्दै बजार व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने उनले जोड दिए ।

सांसद तुलप्रसाद विश्वकर्माले रसुवा बाढीपीडितलाई समयमै राहत उपलब्ध गराउन तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे । बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले प्रभावितको स्वास्थ्य परीक्षण तथा उपचारको उचित व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद ललितजङ्ग शाहीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण उत्पन्न भएको भन्दै जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य रहे पनि त्यसको असर नेपालले ठूलो मात्रामा भोग्नुपरेको बताए । ‘जलवायुजन्य विपद्बाट भएको क्षतिका लागि धनी मुलुकले क्षतिपूर्ति दिनुपर्ने र हानि तथा नोक्सानी कोषबाट नेपाललाई पर्याप्त रकम उपलब्ध गराउनुपर्छ,’ उनले भने ।

सांसद रेणु चन्दले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा केन्द्र र स्थानीय सरकारबीच पर्याप्त समन्वय हुन नसकेकोमा दुःख व्यक्त गरिन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पर्याप्त स्रोत, साधन र अधिकार दिनुपर्ने उनको भनाइ छ ।

‘प्रदेश सरकारले तुइन निर्माणलगायतका माध्यमबाट समेत प्रभावित क्षेत्रमा सहयोग गरेको छ,’ उनले भनिन्, ‘होल्डिङ सेन्टरमा रहेका विस्थापितलाई लामो समयसम्म राखिराख्नुको सट्टा उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ । गर्भवती महिला, बालबालिका, अशक्त तथा बिरामीको विशेष हेरचाहको व्यवस्था हुनुपर्छ ।’

सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय सङ्कटको समयमा सबै नेपाली एकजुट हुनुपर्ने बताए । विपद् प्रभावितको उद्धार तथा सहयोगका लागि राज्यका सबै निकाय र नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

सांसद गीता देवकोटाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समयमा उद्धार हुन नसक्दा धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताइन् । विपद्बाट विस्थापित नागरिकलाई समयमै उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने तथा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने उनले बताइन् ।

राहत वितरण वैज्ञानिक र आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिँदै उनले तत्काल विपद् प्रतिरोधी संरचना निर्माण गर्न, प्रभावितका लागि पुनः स्थापनाको विशेष प्याकेज ल्याउन तथा विपद्बाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
176.54
177.24
UK Pound Sterling
1
205.52
206.33
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
109.58
110.01
Canadian Dollar
1
110.17
110.61
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.88
9.92
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.45
40.61
Qatari Riyal
1
41.67
41.83
Thai Baht
1
4.62
4.63
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.32
37.47
South Korean Won
100
11.34
11.39
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.62
23.71
Hong Kong Dollar
1
19.37
19.44
Kuwaity Dinar
1
495.29
497.24
Bahrain Dinar
1
402.84
404.43
Omani Rial
1
394.49
396.05