काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले आज (बिहीबार) दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक विषयसँगै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ ।
- ADVERTISEMENT -

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहत वितरणलाई निरन्तरता दिँदै आएको छ ।
बाढी प्रभावित नागरिकको पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने तथा आवश्यक निर्णय लिन बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बैठकबाट बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि थप आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ ।















































