२०८३ भाद्र २८, आईतवार
September 13, 2026
२०८३ भाद्र २८, आईतवार
September 13, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रलयलाई देखाएर लगानी नगर्ने धारणा बन्नु हुँदैन – उनेपा अध्यक्ष घिसिङ

प्रकाशित मिति : २०८३ भाद्र २७ गते
file photo.

काठमाडौं / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपद्का कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले हजारौं वा पाँच हजार वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताए । यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उनको भनाइ छ ।

यद्यपि जलविद्युत आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई बेवास्ता गर्न नहुनेमा उनले जोड दिए । सामान्य क्लाउडआउटबस्र्ट, ठूलो बाढी तथा फ्ल्यास फ्लडजस्ता सम्भावित प्राकृतिक विपद्बाट आयोजना सुरक्षित रहने गरी आवश्यक सुरक्षा मापदण्ड र पर्याप्त ‘सेफ्टी मार्जिन’ राखेर आयोजना निर्माण गर्नुपर्ने उनले बताए ।

अध्यक्ष घिसिङले भने, ‘यो प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैन । यस्तो असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण छ भन्ने धारणा बनाउनु उचित हुँदैन । हजारौँ वर्षमा एकपटक आउने असाधारण घटनालाई आधार बनाएर आयोजनाको डिजाइन मापदण्ड निर्धारण गरियो भने हाम्रा परियोजनाहरू आर्थिक रूपमा अव्यवहारिक हुन सक्छन् । तर सम्भावित बाढी, फ्ल्यास फ्लड र क्लाउडबस्र्टजस्ता जोखिमलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षा मापदण्ड र उचित सुरक्षा मार्जिन भने अनिवार्य रूपमा राख्नुपर्छ ।’

असाधारण प्राकृतिक घटनालाई लिएर लगानी निरुत्साहित गर्नेभन्दा सम्भावित जोखिमको वैज्ञानिक मूल्यांकन गर्दै सुरक्षित र व्यवहारिक ढङ्गले जलविद्युत आयोजना विकास गर्नुपर्ने घिसिङको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89