चितवन । ढोकुन थर्पलिङ्ग गुम्बा कालिका नगरपालिका–२, कमलचोकले सात दिने विश्वशान्ति पूजा तथा धनधान्याचल सुरु गरेको छ । धनधान्याचलको प्रतिनिधि सभा सदस्य, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गरेका थिए ।
धनधान्याचलमा १० करोड बज्र गुरु जप तथा विश्वशान्ति पूजा गरिनेगुम्बाका अध्यक्ष कमलकुमार लामाले बताए । धर्म गुरु लोपेन पेमा दोर्जेको नेतृत्वमा विभिन्न धर्मगुरु तथा खेन्पो लोपेनहरुले पुजापाठ, वाङ्ग अभिषेक गर्ने, धर्म दर्शन तथा संस्कार कर्मकाण्डका बारेमा प्रवचन, धर्म देशानालगायत कार्यक्रमहरु हुने उनको भनाइ थियो ।
मानव जगतको दुःख कष्ट रोग भोग र बिघ्न नाश गरी सुख, शान्ति, समृद्धि र मनोकांक्षा पूरा होस् भन्ने कामनाकासाथ धनधान्याचल आयोजना गरिएको उनले जानकारी दिए ।
उक्त धनधान्याचलमा दाताहरुबाट संकलित रकम गुम्बाको नयाँ संरचना निर्माण, लामा निवास निर्माणलगायतको गुरुयोजना रहेको गुम्बाका सचिव युवराज ब्लोनले बताए । भुमिदान वा ५० लाखभन्दा माथि सहयोग गर्ने दाताको गुम्बा परिसरमा स्तुपा बनाइ सम्मान गरिने उनले बताए ।
२०५८ सालमा स्थापना भएको गुम्बा कालिका नगरपालिकाकै व्यवस्थित गुम्बा मध्येमा पर्दछ । गुम्बाको मूल गेट निमा डोल्मा लामाको १८ लाख सहयोगमा निर्माण गरिएको हो । संस्कार र संस्कृति जोगाउन विभिन्न कार्यक्रम तथा गतिविधिहरु गर्दै आएको आयोजकले जनाएको छ ।
कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडाअध्यक्षहरु बिनोद रेग्मी, लिला गुरुङलगायत विभिन्न जनप्रतिनिधिहरु, स्थानीय संघसंस्था तथा राजनितिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

विश्वशान्ति पूजा तथा धनधान्याचल सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34












