April 16, 2024

गुडिरहेको स्कारपियोमा ढुंगा खस्दा १ एकको मृत्यु

September 23, 2020

मकवानपुर / ईन्द्रसरोबर गाउँपालिकामा पर्ने हेटौंडा–काठमाण्डौ छोटो राजमार्गमा पहिरोले स्कारपियो पुरिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट हेटौंडा आउँदै गरेको बा१७च ४८७४ नंबर स्कारपियो ईन्द्रसरोबर गाउँपालिका वडा नंबर २ को देउराली नजिक पहिरोले पुरिदाँ १ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यलय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोसँगै ठूलो ढुङ्गा खरेर स्कारपियो पुरिएको हो । पहिरो पन्छाउने काम भइरहेको निरीक्षक श्रेष्ठले बताउनुभयो ।

- ADVERTISEMENT -