Opens in a new tab
२०८३ कार्तिक १५, शनिबार
October 31, 2026
२०८३ कार्तिक १५, शनिबार
October 31, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चक्रवात ‘अर्नब’को प्रभाव : तीन प्रदेशमा भारी वर्षा हुने, भोलिदेखि केही सुधार आउने

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते

काठमाडौं / बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ ।

अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ ।

कोशी, मधेस र बागमती प्रदेशका अधिकांश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, आज राति देशभर बादल लाग्नेछ । हिमाली भेगका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सम्भावित वर्षाका कारण धानबाली भित्राउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।

साथै, महाशाखाले भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.63
152.23
European Euro
1
169.86
170.54
UK Pound Sterling
1
203.66
204.47
Swiss Franc
1
184.64
185.38
Australian Dollar
1
106.61
107.03
Canadian Dollar
1
108.63
109.06
Singapore Dollar
1
118.73
119.20
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.40
40.56
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.29
41.45
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.36
11.40
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
22.73
22.82
Hong Kong Dollar
1
19.33
19.41
Kuwaity Dinar
1
491.91
493.85
Bahrain Dinar
1
401.62
403.20
Omani Rial
1
393.83
395.39