Opens in a new tab
२०८३ कार्तिक १६, आईतवार
November 1, 2026
२०८३ कार्तिक १६, आईतवार
November 1, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लागुऔषधसहित १३ जना पक्राउ, एक मोटरसाइकल बरामद

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते

काठमाडौँ / नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद रु २० हजार २०० र एउटा मोटरसाइकलसमेत बरामद भएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौँका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक–एक स्थानबाट दुई–दुई, पर्सा, लमजुङ र बर्दियाका एक–एक स्थानबाट एक–एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद रु २० हजार २०० सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ छ ग्राम ७४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका–५ खयरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ एक ग्राम ९५ मिलिग्रामसहित बाह्रदशी गाउँपालिका–२ का २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका–१ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन् ।

- ADVERTISEMENT -

Advertisement

पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट नियन्त्रित लागुऔषध डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई पक्राउ गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ १२७ मिलिग्रामसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन् ।

यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकल पनि बरामद प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमजुङको बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०र१० एम्पुलसहित बेँसीसहर नगरपालिका–८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेका हुन् ।

सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका हुन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.63
152.23
European Euro
1
169.86
170.54
UK Pound Sterling
1
203.66
204.47
Swiss Franc
1
184.64
185.38
Australian Dollar
1
106.61
107.03
Canadian Dollar
1
108.63
109.06
Singapore Dollar
1
118.73
119.20
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.40
40.56
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.29
41.45
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.36
11.40
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
22.73
22.82
Hong Kong Dollar
1
19.33
19.41
Kuwaity Dinar
1
491.91
493.85
Bahrain Dinar
1
401.62
403.20
Omani Rial
1
393.83
395.39