भोजपुर / भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन् ।
आफू आबद्ध नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको शेर्पाले बताएकी छन् ।
- ADVERTISEMENT -

यसैगरी, एमालेबाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन् ।
पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले प्रधानलाई समेत कारबाही गरेको थियो । पार्टीबाट कारबाहीमा परेपछि उनले पनि वडाध्यक्ष पदबाट राजीनामा दिए ।
- ADVERTISEMENT -
















































