काठमाडौं / पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिमको कसुरमा उनीहरूलाई सेवाबाट हटाइएको हो ।
सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ छन् ।
- ADVERTISEMENT -

मन्त्रालयको सूचनाअनुसार उनीहरूमध्ये चार जना कार्यालयमा हाजिर नभएको र तीन जना बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका थिए ।















































