Opens in a new tab
२०८३ मंसिर ७, आईतवार
November 22, 2026
२०८३ मंसिर ७, आईतवार
November 22, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

१ सय ८० बढी बिरामी अस्पताल भर्ना
प्रकाशित मिति : २०८३ मंसिर ६ गते

नयाँदिल्ली / भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । उहाँका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने दुई अस्पतालमा १८० भन्दा बढी बिरामी उपचाररत छन् ।

मुख्यमन्त्री सिंहले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही गरिने बताउनुभएको छ ।

भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट मृत्यु हुने घटना बारम्बार हुने गरेका छन् । नियमनबाहिर बिक्री हुने सस्तो मदिरामा अत्यन्त विषाक्त औद्योगिक रसायन मिथानोल मिसाइएको हुन सक्ने बताइन्छ ।

- ADVERTISEMENT -

Advertisement

गत मे महिनामा पश्चिमी राज्य महाराष्ट्रको पुणे र छिमेकी पिम्परी–चिन्चवाडमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो । त्यस्तै, स्थानीय सञ्चारमाध्यमका अनुसार गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी प्रभावित भएका थिए ।

भारतका विभिन्न क्षेत्रमा यस्तो मदिरा व्यापक रूपमा बिक्री हुने गरेको छ । कतिपय स्थानमा एक अमेरिकी डलरभन्दा कम मूल्यमा बोतलमा मदिरा पाइन्छ । मिथानोल सेवनले अन्धोपन र कलेजोमा क्षति पुर्‍याउनुका साथै बढी मात्रामा सेवन भएमा ज्यानसमेत जान सक्छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.41
163.07
UK Pound Sterling
1
193.96
194.75
Swiss Franc
1
175.88
176.60
Australian Dollar
1
98.55
98.95
Canadian Dollar
1
103.33
103.75
Singapore Dollar
1
114.77
115.24
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.29
40.45
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.06
11.11
Swedish Kroner
1
14.51
14.57
Danish Kroner
1
21.73
21.82
Hong Kong Dollar
1
18.88
18.96
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.29
393.88
Omani Rial
1
384.36
385.92