Opens in a new tab
२०८३ मंसिर ७, आईतवार
November 22, 2026
२०८३ मंसिर ७, आईतवार
November 22, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा ‘रामायण’को कमाइ २५ करोड बढी, ३० करोड पुग्ने अनुमान

प्रकाशित मिति : २०८३ मंसिर ६ गते

काठमाडौं / भारतीय फिल्म ‘रामायण’ले नेपालमा २५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्मले नेपाली दर्शकमाझ पनि राम्रो प्रभाव जमाएको हो ।

बक्सअफिस स्रोतका अनुसार शुक्रबारसम्म फिल्मले नेपालबाट २५ करोड ३० लाख रुपैयाँभन्दा बढी व्यापार गरेको छ । यस अवधिमा फिल्मका ६ लाख ४० हजारभन्दा बढी टिकट बिक्री भएका छन् ।

प्रदर्शनका लागि उपलब्ध गराइएको शो संख्या र दर्शकको उपस्थिति हेर्दा फिल्मको नेपालमा कुल कमाइ ३० करोड रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् । निर्माता नमित मल्होत्राले भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित फिल्म निर्माण गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

भारतीय महाकाव्य रामायणको विस्तृत कथालाई एउटै फिल्ममा समेट्न कठिन हुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको छ । पहिलो भागको आधिकारिक शीर्षक ‘रामायणः राइज अफ अ लेजेन्ड’ राखिएको छ ।

पहिलो भागमा भगवान् रामको जीवन, वनवास, सीता हरण तथा राम–रावणबीचको द्वन्द्वको पृष्ठभूमि समेटिएको छ । कथाका महत्वपूर्ण घटना, पात्रबीचका सम्बन्ध र युद्धलाई विस्तृत रूपमा प्रस्तुत गर्ने उद्देश्यले फिल्मलाई दुई भागमा निर्माण गरिएको हो । दोस्रो भाग सन् २०२८ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना सार्वजनिक गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.41
163.07
UK Pound Sterling
1
193.96
194.75
Swiss Franc
1
175.88
176.60
Australian Dollar
1
98.55
98.95
Canadian Dollar
1
103.33
103.75
Singapore Dollar
1
114.77
115.24
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.29
40.45
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.06
11.11
Swedish Kroner
1
14.51
14.57
Danish Kroner
1
21.73
21.82
Hong Kong Dollar
1
18.88
18.96
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.29
393.88
Omani Rial
1
384.36
385.92