काठमाडौँ / पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
मलेसियामा कामदार पठाउँदा अवैध रूपमा रकम संकलन गरी त्यहाँ पठाएको आरोपमा उनी पक्राउ परेका हुन् । गृह मन्त्रालय स्रोतले पूर्व मुख्यसचिव अर्याल पक्राउ परेको पुष्टि गरेको छ ।
यसअघि यही प्रकरणमा तत्कालीन मन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।


















































