२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

‘मानसिक रोग समयमै उपचार गरे निको हुन्छ’ : डा. न्यौपाने

प्रकाशित मिति : २०७७ आश्विन २४ गते

–सुरक्षा न्यौपाने
नेपालमा पछिल्लो समय मानसिक रोगका विरामीहरु बढ्दै गएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले अझ थप विरामीहरु बढ्दै गएको एक तथ्यांकले देखाएको छ । महामारी रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण बाह्य वातावरण तथा नियमित दिनचर्यामा समय व्यतित नहुँदा मानिसहरुमा मनोरोग अर्थात् मानसिक रोग बढ्दै गएको मनोरोग विशेषज्ञ डा सविता न्यौपाने बताउनुहुन्छ । समाजमा बढ्दो मनोरोग र यसको निदान सम्बन्धमा रहेर विगत लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा सेवा दिइरहनु भएका डा. समिता न्यौपानेसँग संचारकर्मी सुरक्षा न्यौपानेले गर्नुभएको भलाकुसारी प्रस्तुत छ ः
१) डा साहब, मानसिक रोग भनेको के हो ?
जवाफ ः मानसिक रोग भनेको नयाँ रोग हैन । यो मानवमा पहिलेदेखि नै थियो । मानसिक स्वास्थ्य भनेको मन र मष्तिष्कको अवस्था हो, जब मन र मष्तिष्कमा गडबड हुन्छ, मनोविकार उत्पन्न हुन्छ, मनले मुटु र पेटमा जैविक प्रकृया र उच्च मानसिक क्रियाकलाप गराउँछ । यो सबै मान्छेले बुझेका हुँदैनन् । मानसिक समस्या भनेको कुनै पनि व्यक्तिले राम्ररी सोच्न नसक्ने, भावनालाई नियन्त्रण गर्न नसक्ने र व्यवहारमा असामान्य परिवर्तन हुन जाने अवस्था हो ।
मनोरोग लागेपछि व्यक्तिको व्यवहारमा परिवर्तन आउन थाल्छ । मानसिक रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ । हो, यही गडबड भएको ज्ञान मान्छेमा हुँदैन, र यो रोगलाई उनीहरुले धेरै रहस्यमय रुपमा लिइरहेका हुन्छन् । मनोरोग जो कोहीलाई पनि लाग्न सक्छ । यसले बुढो, बालक, जवान, महिला, पुरुष, धनी, गरिब कोही भन्दैन ।”
२) यस रोगका लक्षणहरु के के हुन् ?
जवाफ ः कुनै पनि प्रकारको मनोरोग वा समस्याको लक्षण हुनुहुँदैन । यसको विपरीत सधैं चिन्ताग्रस्त हुनु, ध्यान एकाग्र गर्न नसक्नु, मन बेखुश हुनु र नियन्त्रण गर्न नसक्नु, निन्द्रामा गडबडी हुनु, मन कहिले उदास त कहिले उन्मादिलो हुनु, दैनिकी बिथोलिएर अप्ठेरो अवस्था आउनु, लामो समयदेखि दिक्दारी महसुस हुनु, विना कारण डर लाग्नु, आफू मात्र ठीक अरु सबै बेठीक भन्ने लाग्नु आदि भएमा मानसिक समस्याका खतरा सूचक लक्षण हुन् ।
३) मानसिक रोग कति प्रकारका हुन्छन् ?
जवाफ ः मानसिक रोगभित्र धेरै प्रकार रहेको हुन्छ । मुख्य गरी दुई प्रकारको हुन्छ । तर यसका शाखाहरु धेरै छन् । तर यसको भाग चाहिँ मुख्य दुई किसिमको हुन्छ । एउटा कडा खाले, अर्काे सामान्य खाले । कडा खाले भन्नाले वास्तविक संसारबाट सम्बन्ध टुटेको हुन्छ, यो थोरै मानिसलाई हुन्छ । तर सामान्य चाहिँ विना कारण छटपटी हुने, टाउको दुख्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, झ्यालढोका लगाएको बन्द कोठामा डराउने, एउटै कुरा बारम्बार मनमा आइरहने, एउटै कुरा बारम्बार गरिरहने जस्तै बारम्बार हात धोइरहने, एउटै कुरालाई बारम्बार चेकिङ गर्ने, हिस्टोरिया इत्यादि चाहिँ सामान्य खाले हो र यस्तो धेरै मान्छेलाई हुन्छ । सामान्य र कडा खाले दुबैलाई निको पार्न सकिन्छ । कडा खालेलाई चाहिँ लामो समय औषधि खानुपर्ने हुन सक्छ भने सामान्यलाई केही महिना, केही वर्ष औषधि खाएपछि निको हुन्छ ।
४) मनोरोग बारे मानिसमा भएका गलत धारणा कसरी हटाउने ?
जवाफ ः मनोरोग अन्य रोगहरु जस्तै समान्य रोग हो र यो सबैलाई लाग्छ भन्ने बुझाइ प्रस्ट भैसकेको छैन । मनोरोगीहरुको व्यवहार असाधारण हुने भएकाले उनीहरुको व्यवहारलाई अतीतको रुपमा लिएर उनीहरुलाई गाली गर्ने कुुटपिट गर्ने गरिएको छ । मनोरोग लागेकाहरुलाई असल व्यवहार गर्नुपर्छ भन्ने आम बुझाइ विकास भएकै छैन । मानसिक रोग सरुवा रोग हो, र यो रोग निको हुँदैन, भन्ने गलत धारणा पनि छ । युवा अवस्थामा मानसिक रोग लागेको भए, बिहे गरिदिँदा ठीक हुन्छ भन्नु पनि गलत हो, यसले झन् समस्या निम्त्याउन सक्छ । मनोरोगबारे नेपाली समाजमा नपढेका, कम पढेकाहरु मात्र हैन, पढेलेखेका शिक्षितहरुमा पनि गलत धारण व्याप्त छ । तर यसमा सत्यता छैन । मनोरोग पनि अन्य रोगहरु जस्तै हो । जसरी रुघाखोकी लागेको व्यक्ति समयमै उपचार गर्दा ठीक हुन्छ, उसैगरी मनोरोग लागेको व्यक्ति पनि समयमै उचित उपचार गरे ठीक हुन्छ । जसरी समयमा उपचार नगर्दा रुघाखोकी बिग्रेर निमोनिया हुन्छ, उसैगरी सुरुमा उदासीनता (डिप्रेसन) बाट सुरु भएको रोग कडा मानसिक रोगमा परिणत हुन्छ र उपचारमा समय लिन्छ । अझै भनौं समयमै उपचार नगर्दा जसरी शरीरमा क्यान्सर हुन्छ, उसैगरी मनोरोग पनि बढेर गएमा जटिल प्रकारको हुन पुग्छ, जसले व्यक्ति, परिवार र देशलाई समेत हानी पु¥याउँछ ।”
५) कस्ता मानिसहरुमा मानसिक रोग देखा पर्छ ?
जवाफ ः यो रोग जस्तो समूहको व्यक्तिमा पनि देखा पर्ने हुन्छ । मानसिक रोगले बूढो–बालक, महिला–पुरुष, धनी–गरिब कोही भन्दैन । ‘मानसिक रोग वंशाणुगत कारणले पनि लाग्न सक्छ’, सामान्य मानसिक रोगलाई उमेरको आधारमा वर्गीकरण गर्न मिल्दैन् । यो उमेरसँगै बढ्दै जाने हुन्छ । कुलतमा फसेको व्यक्तिमा पनि देखिने हुन्छ । सानो उमेरको बच्चामा सुस्त मनस्थिति देखिने हुन्छ । घरको वातावरण आधारमा पनि देखिने हुन्छ । व्यक्तिलाई यही कारणले र यो उमेरको व्यक्तिमा देखिन्छ भन्ने हुन सक्दैन् ।
६) मानसिक रोग लाग्न नदिन के गर्न सकिन्छ ?
जवाफ ः सबैभन्दा पहिला आफ्नो जीवनलाई व्यवस्थित गर्नुप¥यो । जसरी शरीर स्वस्थ्य राख्न हामी व्यायाम गछौं । त्यसैगरी मनको स्वस्थताका लागि पनि काम गर्नुप¥यो । आफ्नो विचारलाई कसरी स्वस्थ्य राख्ने ? विचार कतातिर गइरहेको छ । म आज कस्तो छु ? मेरो सोचाई कस्तो छ ? म स्वस्थ्य छु कि छैन ? आज म खुसी छु कि छैन ? अलि बढी तनावमा पो छु कि ? यस्ता कुरा बेला बेलामा जाँच्नुपर्छ ।

पारिवारिक तनाव हो कि ? व्यवसायिक तनाव हो कि ? जागीरको तनाव हो कि ? यसलाई पत्ता लगाउनुपर्छ । कसैले मलाई आलोचना ग¥यो मैले माफी नदिएको हो कि ? जस्ता कुरालाई पनि ध्यान दिनुपर्छ । त्यो बाहेक निन्द्राको व्यवस्थापन, खानाको व्यवस्थापन गर्न जरूरी छ । बेलाबेलामा मनोरन्जन आवश्यक छ । आफूले आफूलाई स्वस्थ्य र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छुकि छैन भनेर आफूले आफैलाई जाँच्नुपर्छ । आफ्नो सबैभन्दा ठूलो डाक्टर आफै हो । त्यसैले मानिसले आफ्नो तनावको कारण पत्ता लगाउनुपर्छ । आधुनिकताले गर्दा व्यक्तिवादी चिन्तन हावी भएको छ । दिनरात काम गर्ने गर्नाले एक दिन पनि मानिसलाई फुर्सद छैन । राति ‘डिउटी’ गर्नेहरुलाई अझै बढी मानसिक तनावको समस्या हुन्छ । बेलाबेलामा साथीभाइ, आफन्तसँग घुम्ने रमाइलो गर्ने गर्नुपर्छ ।
७) मनोरोग लाग्नुका कारणहरु के के हुन सक्छन् ?
जवाफ ः मानसिक रोगका मुख्य तीन तत्व हुन्छन् । जैविक, समाजिक र मनोवैज्ञानिक । जैविक कारण भनेकै हाम्रो शरीरको रसायनिक प्रकृया हो । रसायनले गर्दा मष्तिष्क र मनमा गडबड भएमा यो रोग लाग्छ । अर्को हाम्रो सामाजिक व्यवहार हो । अनि चेतन अवचेतन अवस्थामा हुने मनोवैज्ञानिक प्रतिक्रिया पनि हो । मानसिक रोग पनि अरु रोगहरु जस्तै हो । रोग बढाउने तत्व बढे यो रोग बढ्छ र घटेमा यो रोग घट्छ । मानसिक रोगमा उपचार मात्र नभई रोगको म्यानेजमेन्ट पनि प्रमुख हुन्छ । छारे रोग, माइग्रेन, नशाको लत र दुव्र्यसनजन्य समस्या, उदासीपन, बिचार र संस्कारको दुश्चक्रको मनोरोग, एक्कासी सन्त्रास हुने मनोरोग, लगातार आत्तिने मनोरोग, सामाजिक परिस्थितिहरुमा आत्तिने मनोरोग, निश्चित कुरादेखि डराउने मनोरोग, शारीरिक रोगबिना शारीरिक लक्षण हुने मनोरोग, हिस्टेरिया, आदि अनेक प्रकारका मनोरोगहरु समाजमा देखापरेका छन् । यी मानसिक तनाव, द्वन्द्व, वैदेशिक रोजगारी, सांस्कृतिक परिवर्तन, व्यक्तित्वको गडबडी आदि अनेक समस्याले गर्दा देखापरेका हुन् । मनोरोग तीनसय भन्दा बढी प्रकारको पाइएको छ । रोगको उपचार गर्नुमात्र हैन, रोगलाई समाजबाट क्रमसः निर्मूल गर्दै लान चिकित्सक र स्वास्थ्यकर्मी मात्र हैन, समाजमा व्यत्ति, घरपरिबार र समुदाय पनि उत्तिकै जिम्मेबार हुनुपर्छ । रोगबारे बिरामीहरु, परिवारजन, तिनको हेरचाहमा संलग्न व्यक्तिदेखि रोगबारे जान्न चाहने जो कोही पनि सचेत हुनसके मात्र लुकेका रोगहरु पत्ता लगाउन सहज सजिलो हुन्छ ।
८) मनोरोगीसँग कस्तो व्यवहार गर्ने ?
जवाफ ः हाम्रो समाजमा मनोरोगलाई हेर्ने दृष्टिकोण पनि फरक छ । अनि मनोरोग लागेपछि परिवारसमेत आत्तिने गरेको पाइन्छ । मनोरोगलाई समाजले गलत तरिकाले व्याख्या गरिदिने हुनाले परिवारलाई अझै दबाब पर्छ । हाम्रो समाजमा किशोरी उमेरमा मनोरोग लागेमा उपचारको साटो बिहे गरिदिए ठीक हुन्छ भन्ने ठानेको पाइन्छ । तर यो गलत हो । मनोरोग लाग्दैमा आत्तिनु पर्दैन । यसैले मनोरोग लागेको व्यक्ति र तिनको परिवारलाई हेला–होचो गर्नुहुँदैन । बिरामीलाई होच्याउनु, अवसरबाट वञ्चित गराउनु हुँदैन । मनोरोगीहरुलाई पेशामा, समुदायमा, राज्यमा सबैतिर विभेद छ । विभेद हटाउन परिवारबाटै सुरु गर्नुपर्छ । मानसिक रोग लाग्दैमा मान्छे अयोग्य हुँदैन । उसको रोग ठीक भएर पुनः दक्षतापूर्वक काम गर्न सक्छ । मानसिक रोगको सही उपचारमा औषधि नै मुख्य कुरा हो । जैविकता मुख्य कुरो भएकाले पनि औषधिलाई बढी प्राथमिकता दिइएको हो । तर, पनि औषधि मात्रै सबैथोक चाहिँ होइन । बिरामीका लागि मिल्दो व्यवहार पनि अर्को औषधि हो । मानसिक रोगीसँग गर्ने व्यवहार सही हुनुपर्छ । जहिल्यै पनि प्रोत्साहनपूर्ण व्यवहार गर्नुपर्छ ।
९) सामान्य मनोरोग कति समय औषधि खाएपछि निको हुन्छ ?
जवाफ ः रोग लागेको समय हेरेर हुन्छ । लामो समयदेखि सताएको हो भने लामै समय औषधि खानुपर्ने हुनसक्छ । थोरै समय छ भने पनि निको भएको ६ महिनादेखि एक वर्षसम्म औषधि खानुपर्छ । भनौं न, सामान्य मनोरोगीले लगभग डेढ–दुई वर्ष जति औषधि खानुपर्ने हुन्छ ।”
१०) मानसिक रोग लागिसकेपछि औषधिको प्रयोगपछि काम गर्ने क्षमतामा ह्रास आउँछ कि आउदैन ?
जवाफ ः एकदम थोरै मात्रामा त्यो समस्या कायम रहन्छ । तर धेरै प्रतिशतमा हेर्ने हो भनेदेखि मानसिक रोगीहरुले औषधि खाएर पहिलेजस्तै नै काम गर्न सक्छन् ।
११) मनोरोग निको पार्नका लागि बिरामीले औषधि बाहेक के–कस्ता कुराहरु अपनाउँदा राम्रो हुन्छ ?
जवाफ ः पहिलो त औषधि डाक्टरले भनेअनुसार नियमित खाने, डाक्टरले बोलाएको बेलामा जाने गर्नुप¥यो । दोस्रो कुरा घरको मान्छेले यो मानसिक बिरामी हो भनेर अर्कै किसिमले नहेर्ने, अरुलाई जस्तै सामान्य व्यवहार गर्ने, बरु ऊ प्रति अझ बढी सहानुभूति देखाउने गर्नुपर्छ । घरपरिवार र समाजले ऊ प्रति प्रेरणादायी व्यवहार गर्नुपर्छ । दैनिक व्यायाम गर्ने र खेलकुदमा भाग लिने गर्दा पनि राम्रो हुन्छ ।
१२) मानिसहरुमा औषधीको प्रयोग गरे जीवनभर औषधि खानुपर्ने हुन्छ, भन्ने बुझाइ छ नि ?
जवाफ ः त्यस्तो बुझाइ गलत हो । कुनै पनि औषधिले लत बस्दैन । चिकित्सकको परामर्सअनुसार औषधीको प्रयोग गर्ने हो भने यो छिटै निको हुन्छ । कुनै पनि औषधी समस्या हेरेर खानुपर्ने हुन्छ ।
१२) अन्त्यमा बिरामीले सजगता र ध्यान दिन भुल्नै नहुने कुराहरु के–के होलान् ?
जवाफ ः स्वास्थ्यकर्मी मात्र हैन, समाजमा व्यक्ति, घरपरिवार र समुदाय पनि उत्तिकै जिम्मेवार हुुनपर्छ । हाम्रो समाजमा मनोरोगलाई हेर्ने दृष्टिकोण आफैंमा पनि संकुचित छ र मनोरोग लागेपछि परिवार आत्तिने गरेको पाइन्छ । समाजले के भन्ला, ठीक होला कि नहोला भन्ने चिन्ताले सताउन थाल्छ । मनोरोगीहरुलाई पेसामा, समुदायमा, राज्यमा सबैतिर विभेद छ । सो विभेद हटाउन परिवारबाटै शुरु गर्नुपर्छ । अहिले निजी क्षेत्रले पनि मानसिक स्वास्थ्यको बारेमा धेरै समेट्न थालेको छ । मनोरोग विशेषज्ञहरु पनि उत्पादन भइरहेका छन् । यस अवस्थामा हरेक अस्पतालमा मानसिक रोगको उपचारका लागि छुट्टै विभाग सञ्चालन हुनुपर्छ । राज्यले मनोरोगबारे पर्याप्त चेतना जगाउनुपर्छ । सरकारले अन्य रोगहरुमा नीति बनाएर सचेतना बढाएजस्तै मानसिक रोगबारे पनि प्रस्ट नीति बनाएर लागू गराउनुपर्छ । अझै पनि धेरै मानसिक रोगीहरु रोग लुकाएर बस्न बाध्य छन् । उनीहरुले उपचार पाउन सकेका छैनन् । त्यसैले जिल्लाका स्वास्थ्य केन्द्रहरुमा दक्ष मानसिक स्वास्थ्यकर्मी पठाउनुपर्छ । राज्यले मानसिक रोगको उपचारका लागि गाउँ–गाउँमा शिविर पनि चलाउनुपर्छ । यसो गर्दा मानसिक स्वास्थ्यबारे चेतना जगाउन सजिलो हुन्छ र बिरामी पत्ता लगाउन पनि सजिलो हुन्छ । अझै पनि हाम्रो समाजका मानिसहरु आफू र आफ्ना नातेदारलाई मानसिक रोग लाग्यो भनेर हेक्का गर्दैनन् । अरु केही रोग लागेमा डाक्टरकहा“ जाने तर मानसिक रोग लागेको छ वा छैन भनेर जँचाउन गएको पाइँदैन । जाने बुझेकाहरु पनि डराउँछन् । मानसिक रोगी ठीक हुन परिवारको साथ र समाजको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68