April 19, 2024

‘आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु बोक्न दिइने’

October 13, 2020

काठमाण्डौं / सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु बाक्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आजदेखि सार्वजनिक गाडीले सबै सिटमा यात्रु बोक्न पाउने भएका हुन् ।
प्रवक्ता ज्ञवालीका अनुसार पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उनले बताए ।
यसअघि सार्वजनिक गाडीमा आधा सिट क्षमतामा मात्र यात्रु राखेर ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने निर्णय गरेको भए पनि थोरैले मात्र कार्यान्वयन गरेका थिए ।

- ADVERTISEMENT -