बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण पुष्टि

0
45

काठमाडौं / वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना सङ्क्रमण (कोभिड–१९) पुष्टि भएको छ । उनको मङ्गलबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।