March 28, 2024

कोरोनाविरुद्ध मास्क वितरण

March 22, 2020

नारायणगढ । युवाहरुको समूह ‘सक्षम नेपाल अभियान’द्वारा चितवनको पुल्चोकमा २ सय मास्क र कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक पम्लेट बाँडेर सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक कल्पना पौडेलले विश्वव्यापी रुपमा कोरोनाको त्रास बढेकोले सबै मिलि कोरोनाबाट बच्न तथा बचाउन एकजुट हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रतिनिधि र विभिन्न सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको अभियन्ता बिमल सापकोटाले जानकारी दिए ।
सक्षम नेपाल अभियानले दिनदुःखीहरुलाई सहयोग गर्दै आइरहेको तथा यसअघि चौबीसकोठीमा पनि जनचेतनामूलक कार्यक्रम गरेको थियो । संस्थाका अध्यक्ष प्रकाश थापाले मास्क र पम्लेटमा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -