देवघाट । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि यसको संक्रमण देखिन थालेपछि देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापामगरले देवघाट वडा नम्बर दुई र वडा नम्बर तीनको बस्ती–बस्तीमा पुगेर सचेतनामूलक सन्देश दिएका छन् । अध्यक्ष थापामगरले कोरोना भाइरस सम्बन्धी सन्देशलगायत त्यहाँका स्थानीयहरुलाई साबुन वितरणलगायत बेलाबेलामा मिचीमिची हात धुन आग्रह गरेका छन् ।
कोरोना भाइरसबाट आफू र आफ्नो समुदायलाई सुरक्षित राख्न सो अभियान थालिएको अध्यक्ष मगरको भनाइ थियो । गर्मीयाम बढेसंँगै अन्य रोगको व्याक्टेरिया, भाइरस फैलिन नदिन र कोरोनाको जोखिम कम गर्नको लागि पनि मिची मिची साबुन पानीले हात धुन सुझाव दिए । पशु पन्छीका खोरहरुमा थप सरसफाईमा ध्यान दिनको लागि कृषकहरुलाई उनले अनुरोध गरेका छन् । साथै कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत सरससफाईमा पनि विशेष ध्यान दिनु पर्ने र अहिले सरकारले लागु गरेको लकडाउन समय अवधिभर सबैलाई घरमै बस्न आग्रह समेत उनले गरे ।
देवघाट गाउँपालिका कार्यालयले यसअघि पनि हातधुने कार्यक्रम विभिन्न ठाँउहरुमा गर्दै आएको र अहिले पनि हातधुनका लागि ठाउँठाउँमा वाल्टिनसहितको सावुनपानीको व्यवस्था गरिएको छ ।
कोरोनाबाट बच्न जनचेतनामूलक सन्देश पनि प्रवाह गरिरहेको देवघाट गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । कार्यक्रम देवघाट गाउँपालिकाका कृष्ण पन्तको संयोजकत्वमा सम्पन्न भएको थियोे ।
- ADVERTISEMENT -

गाउँपालिकाका अध्यक्षद्वारा कोरोना भाइरसबारे सचेतना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












